लिसङ्खु पाखरमा एमाले विजयी


चौतारा, ३ जेठ । सिन्धुपाल्चोकको लिसङ्खु पाखर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का कमलप्रसाद नेपाल दुई हजार ७६१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का राजु लामा तामाङले दुई हजार ७३१ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा एमालेका हेमगङ्गा मोक्तानले दुई हजार ८५२ मत प्राप्त गरी विजयी हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्व माओवादी केन्द्रका फुलम लामाले दुई हजार ४१७ मत प्राप्त गर्नुभयो ।

सो गाउँपालिकाको वडा नं १, ३, ४ र ७ मा माओवादी केन्द्रको पुरै समूह विजयी भएको छ । वडा नं २ र ६ मा एमाले तथा वडा नं ५ मा काँग्रेस पुरै समूहसहित विजयी भएको छ । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।