दोलखाको बैतेश्वर गाँउपालिका सहित ४ वटा वडामा कांग्रेस विजयी



चिरञ्जीवी मास्के, दोलखा । दोलखा बैतेश्वर गाँउपालिकाको प्रमुखमा नेपाली कांग्रेसका छवि लामा विजयी भएका छन् । उनले एमालेका ऋषिकेश उप्रेतीलाई हराएका हुन । कांग्रेसका छवि लामाले ७१२९ मत प्राप्त गरेका थिए भने एमालेका ऋषिकेश उप्रेतीले ५००८ मत प्राप्त गरेका थिए ।

त्यसैगरी उपप्रमुखमा माओवादी केन्द्रका रविचन्द्र आचार्य ७५११ मत ल्याई विजयी भएका छन् । एमालेको शान्ति तमाङले ४४२३ मत प्राप्त गरेकी थिईन । बैतेश्वर गाँउपालिकाको ८ ओटा वडामा कांग्रेसले ४ वटा, एमालेले ३ वटा र माओवादी केन्द्रले १ वटा वडामा जित हासील गरेको छ ।

बैतेश्वर गाँउपालिकाको वडा नम्बर १ र २ गैरीमुदी, वडा नम्बर ६ नाम्दु र वडा नम्बर ८ क्षेत्रपामा कांग्रेस माओवादी केन्द्रले बुथ कब्जा गरेको भन्दै एमाले दोलखाले पुनः मतदानको लागि निवेदन दिएको थियो ।
त्यसैगरी दोलखाको जिरी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी भएको छ । नगरप्रमुखमा नेकपा एमालेका टंक जिरेलले ३२१२ मत प्राप्त गरी विजयी भएका हुन । उनको प्रतिद्वन्द्वी माओवादी केन्द्रका गेल्बु शेर्पाले २१०६ मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेसको सोनाम शेर्पाले १४०२ मत प्राप्त गरेका थिए ।
त्यसैगरी उपप्रमुखमा नेकपा एमालेको कृष्णकुमारी बुढाथोकीले ३२६८ मत प्राप्त गरेर विजयी भएकी छन् । उनको प्रतिद्वन्द्वी माओवादी केन्द्रको चित्रमाया दहालले १९४१ मत प्राप्त गरेकी थिईन भने नेपाली कांग्रेसको लिलादेवी जिरेलले १३२२ मत प्राप्त गरेकी थिईन । जिरी नगरपालिकाको ९ वटा वडा मध्य नेकपा एमालेले ६ वटा वडामा जित हासील गरेको छ भने माओवादी केन्द्रले दुई वटा वडामा र नेपाली कांग्रेसले एक वटा वडामा जित हासील गरेको छ ।
नेकपा एमालेले वडा अध्यक्ष जितेको
१) भीमेश्वर नगरपालिका वडा नम्बर १ मा वीरबहादुर थामी
२) जिरी नगरपालिका वडा नम्बर ३ मा नुर्वु शेपा
३) जिरी नगरपालिका वडा नम्बर ४ मा पदेमान जिरेल
४) जिरी नगरपालिका वडा नम्बर ६ मा गोपालबहादुर कार्की
५) जिरी नगरपालिका वडा नम्बर ७ मा डुके शेर्पा
६) कालिञ्चोक गाँउपालिका वडा नम्बर ३ मा निशान बुढाथोकी
७) बैतेश्वर गाँउपालिका वडा नम्बर ७ मा रेशमराजस्वराज रिमाल
८) गौरीशङ्कर गाँउपालिका वडा नम्बर १ मा झलककुमार कार्की
९) शैलुङ गाँउपालिका वडा नम्बर १ मा बृषबहादुर तमाङ
१०) बैतेश्वर गाँउपालिका वडा नम्बर ४ मा कुमार चौलागाई
११) कालिञ्चोक गाँउपालिका वडा नम्बर ४ मा केशवबहादुर ठकुरी
१२) कालिञ्चोक गाँउपालिका वडा नम्बर ५ सुवास थामी
१३) जिरी नगरपालिका वडा नम्बर ८ मा तेजबहादुर खड्का
१४) जिरी नगरपालिका वडा नम्बर ९ मा ज्ञानबहादुर सुनुवार
१५) बैतेश्वर गाँउपालिका वडा नम्बर ५ मा माधवबहादुर वस्नेत
१६) शैलुङ गाँउपालिका वडा नम्बर ३ मा ध्रुबकुमार श्रेष्ठ
१७) शैलुङ गाँउपालिका वडा नम्बर ४ मा भरतप्रसाद ढुङ्गेल
नेपाली कांग्रेसको वडा अध्यक्ष जितेका

१) जिरी नगरपालिका वडा नम्बर १ मा लाक्पा शेर्पा
२) कालिञ्चोक गाँउपालिका वडा नम्बर १ मा बाबुलाल थामी
३) बैतेश्वर गाउँपालिका वडा नम्बर ६ मा शम्सेर घिसिङ
४) तामाकोसी गाँउपालिका वडा नम्बर १ मा महेश्वर काफ्ले
५) तामाकोसी गाँउपालिका वडा नम्बर २ मा हर्कमान योञ्जन
६) शैलुङ गाँउपालिका वडा नम्बर २ मा शुक्रध्वज योञ्जन
७) भीमेश्वर नगरपालिका वडा नम्बर २ मा विराज श्रेष्ठ
८) गौरीशङ्कर गाँउपालिका वडा नम्बर ४ मा प्रल्हाद कार्की
९) बैतेश्वर गाँउपालिका वडा नम्बर १ मा बृषबहादुर तमाङ
१०) बैतेश्वर गाँउपालिका वडा नम्बर २ मा श्यामकुमार तमाङ
११) बैतेश्वर गाँउपालिका वडा नम्बर ३ मा कृष्णबहादुर दहाल
१२) विगु गाँउपालिका वडा नम्बर ५ मा मधुकर गुरुङ
माओवादी केन्द्रले वडा अध्यक्ष जितेको

१) जिरी नगरपालिका वडा नम्बर २ मा ङिमापाल्दे शेर्पा
२) जिरी नगरपालिका वडा नम्बर ५ मा ङिमा साङ्गे शेपा
३) विगु गाँउपालिका वडा नम्बर १ मा हिरन्डेबहादुर गुरुङ
४) विगु गाँउपालिका वडा नम्बर २ मा कृष्ण ठकुरी
५) विगु गाँउपालिका वडा नम्बर ३ मा श्रीराम खड्का
६) कालिञ्चोक गाँउपालिका वडा नम्बर २ मा नानी पाण्डे
७) गौरीशङ्कर गाँउपालिका वडा नम्बर २ मा वसन्त कार्की
८) बैतेश्वर गाँउपालिका वडा नम्बर ८ मा रमेशकुमार अधिकारी
९) गौरीशङ्कर गाँउपालिका वडा नम्बर ३ मा नेत्रबहादुर वस्नेत
१०) विगु गाँउपालिका वडा नम्बर ४ मा बुक्ताङ तमाङ
भीमेश्वर नगरपालिका
भीमेश्वर नगरपालिकामा दुई वटा वडाको मतगणना सकिएको छ । अहिले वडा नम्बर ३, ४ र ५ को मतगणना भै रहेको र प्रमुखमा नेपाली कांग्रेसको इश्वर मानन्धर अगाडि रहेको जनाईएको छ । उपप्रमुखमा भने एमालेको कमला वस्नेत अगाडि रहेको जनाईएको छ ।

कालिञ्चोक गाँउपालिका
कालिञ्चोक गाँउपालिकामा पाँच वटा वडाको मतगणना सकेर वडा नम्बर ६ को ४ सय मत गनेपछिको परिणाम अनुसार प्रमुखमा एकिकृत माओवादीका कुलबहादुर बुढाथोकीको २३७०, एमालेको विनकुमार थामीको २३२८ मत प्राप्त भएको छ । उपप्रमुखमा एमालेको कालिका पाठकको २३०४ र नेपाली कांग्रेसको गोपीलाल थामीको २००७ मत प्राप्त भएको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्