मकवानपुरमा विजयीको नाम धमाधम सार्वजनिक



नेपाल समाचारपत्र, हेटौंडा । स्थानीय निकाय निर्वाचनमा विजयी हुनेहरुको नाम सार्वजनिक हुन थालेको छ ।

मकवानपुरको बागमती गाउ“पालिकामा वडा नम्बर १ को मतगणना सकिएको छ । मतगणना सकिएस“गै वडा नम्बर १ मा नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार ठगेन्द्र वाइबा विजयी भएका छन् । उनले ३ सय ३६ मत प्राप्त गरेका छन् । उनले नेकपा माओवादी केन्द्रकी यमुना राईलाई ३ मतले पछि पारेका हुन् । राईले ३ सय ३३ मत प्राप्त गरेका छन् ।

राक्सिराङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष उम्मेदवार कान्छाराम रुम्बाले ३ सय ३६ मत प्राप्त गरी विजयी भएका छन् । एमालेका सिंहबहादुर रुम्बाले २ सय ५६ मत ल्याए । कांग्रेसका तर्फबाट मैना गोले, सूर्यबहादुर गोले, मायादेवी सुनार र लालबहादुर चेपाङ पनि विजयी भएका छन् ।

थाहा नगरपालिका वडा नम्बर–५ मा एमालेको प्यानल विजयी भएको छ । अध्यक्षमा एमालेका विष्णु गुरुङले ४ सय ६७ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी कांग्रेसका भीमबहादुर भम्जनले ३ सय १ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्