दोलखाको मेलुङ गाँउपालिकामा गोली चल्यो, एक जनाको मृत्यु



चिरञ्जीवी मास्के,दोलखा ।
दोलखाको मेलुङ गाँउपालिका वडा नम्बर ६ पवटीमा मतदान केन्द्रमा झडप गर्न लाग्दा प्रहरीको गोलि लागि नेपाली कांग्रेसका एक जना कार्यकर्ताको मृत्यु भएको छ ।

शान्तिपूर्ण रुपमा मतदान भै रहेको ठाँउमा कांग्रेस कार्यकर्ताहरु बुथ कब्जा गर्न गएपछि प्रहरीले गोलि चलाउदा नेपाली कांग्रेसका कार्यकर्ता स्थानिय करिब ३५ बर्षिय नकुल भुजेलको मृत्यु भएको स्थानियले बताएका छन् ।

नेपाली कांग्रेसका पूर्व सभापति ताराबहादुर कोईरालाले भने मतदान गरेर फर्कदै गर्दा प्रहरीले गोलि चलाउदा आफ्ना कार्यकर्ताको मृत्यु भएको बताए । प्रहरीको गोली लागि ३०÷४० जना घाईते भएको कोईरालाले बताए ।

पवटी मतदान केन्द्रमा रहेका प्रहरी निरीक्षक विनोद सुनुवारले झडप भएको पुष्टि गरेपनि मृत्यु भएको बारेभने जानकारी दिएनन् । मृत्यु भएको बारे जिल्ला प्रहरी कार्यालयले जानकारी दिने उनले बताए । नेकपा एमालेका स्थानिय कार्यकर्ताले दिएको जनाकार िअनुसार नेपाली कांग्रेसका कार्यकर्ताहरुले बुथ कब्जा गरी मतपेटीका जलाएको बताए ।

दोलखाकै बैतेश्वर गाँउपालिकाको क्षेत्रपा मतदान केन्द्र र नाम्दु मतदान केन्द्रमा समेत कांग्रेस कार्यकर्ताहरुले कब्जा गरेको नेकपा एमाले दोलखाले जनाएको ।

प्रतिक्रिया दिनुहोस्