गुण्डा नाइके चक्रे मिलन पक्राउ



काठमाडौं,(नेस) ।
प्रहरीले गुण्डा नाइके चक्रे मिलनलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरीले आगामी आइतबार हुने स्थानीय निर्वाचनलाई भयरहित बनाउन समाजमा आतंक फैलाउदै हिडेको आरोपमा गुण्डा नायक चक्रेलाई पकाउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काठमाडौं र अपराध महाशाखाले झन्डै डेढ महिना अगाडि राजधानीमा आतंक फैलाउने गुण्डाको सूची बनाएको थियो । सोही सूचीको आधारमा मंगलबार चक्रे पक्राउ परेका हुन्।

चक्रे एमाले निकट गुन्डा नाइके हुन् । चक्रे समूहले चक्रपथ क्षेत्रमा हप्ताअसुली पनि चल्दै आएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्