कांग्रेस र माओवादी केन्द्रबीच महानगरमा चुनावी तालमेल, काठमाडौं र पोखरा कांग्रेसलाई, भरतपुर माओवादीलाई



काठमाडौं, (नेस) ।
नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच महानगरमा चुनावी तालमेल भएको छ।

यसबिच कांग्रेसले काठमाडौं र पोखरामा र माओवादी केन्द्रले भरतपुर महानगरपालिका लिने गरी सहमति भएको जनाइएको छ ।

काठमाडौं महानगर प्रमुखमा कांग्रेसबाट राजुराज जोशी तथा पोखरामा रामजी कुँवर उम्मेदवार छन्।

भरतपुर महानगरपालिकामा भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाल उम्मेदवार छिन्।

ललितपुर महानगरपालिकामा भने सहमति जुट्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्