प्रमुख तीन दलको बैठक सिंहदरबारमा,निस्केला त निकास ?



काठमाडौ (नेस) ।

संसद् सचिवालयमा दर्ता भएको महाभियोग प्रस्ताव, संविधान संशोधन र बजेट पारित लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अगुवाइमा प्रमुख तिन दलको बैठक सिंहदरबारमा जारी छ ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसिरहेको बैठकमा तिन दलका शिर्ष नेताहरु सामेल भएका छन ।

यसबीचमा महाभियोग प्रस्ताव र स्थानीय तह निर्वाचनको उम्मेद्वार मनोनयनका कारण दलबीचमा छलफल भएको छैन।

यसैबिच महाभियोग प्रस्ताव आज संसदमा टेबल हुने बताइएको छ । एमालेले भने महाभियोग प्रस्ताव फिर्ता नलिए संसद् चल्न नदिने बताएको छ।

यस्तै प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाभियोग प्रस्ताव फिर्ता लिनुपर्ने एमालेको अडान अझै पनि जारी छ ।
यसबिचमा चुनावलाई कसरी सफल पार्ने र दोस्रो चरणको निवार्चन अगाबै बजेट पारित गर्ने नगर्ने भन्ने मुख्य एजेण्डा रहेको प्रमुख दलहरुको भनाइ छ ।

यस बैठकले निकास पाउने नपाउने भन्ने कुरा अझै अनन्योलमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्