अख्तियार प्रमुखमा बस्नेत सिफारिस



काठमाडौं, (नेस)
संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा दीप बस्नेतलाई सिफारिस गरेको छ। परिषद्को मंगलबार बसेको बैठकले बस्नेतलाई प्रमुख आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको हो। बस्नेत हाल आयोगका आयुक्तको रूपमा कार्यरत हुनुहुन्छ। लोकमान सिंह कार्कीविरुद्ध यसअघि महाअभियोग प्रस्ताव पेस गरिएपछि अख्तियार प्रमुखको पद रिक्त भएको थियो।
बैठक आज पनि बसेर महालेखा परीक्षक तथा अन्य संवैधानिक निकायमा रहेको रिक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्