प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग दर्ता



काठमाडौ (नेस) ।
सरकारले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २५१ सांसदहरूले उनीविरुद्ध आइतबार दिउँसो संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएको नेपालको न्यायिक इतिहासमा यो पहिलो घटना हो ।

प्रहरी महानिरीक्षक नियुक्तिको आइजिपी प्रकरणको विषयलाई लिएर पहिलोलाई दोस्रो र दोस्रो हुनेलाई पहिलो बनाई फैसला गरेको, कानुनको पालना नगरेको लगायतको आरोप लगाउँदै संविधानको धारा १०१ को उपधारा २ र व्यवस्थापिका संसद नियमावली २०७३ को नियम १६८ (१) अनुसार संसद सचिवालयमा आइतबार अपरान्ह ४ बजे पुगेर महाभियोग प्रस्ताव दर्ता गराएका हुन् ।

महाअभियोग प्रस्ताव दर्तासँगै उनी निलम्बनमा परेकी छन् ।

प्रतिक्रिया दिनुहोस्