ताल बिस्फोट हुँदा गाउँ बगरमा परिणत,दुई दिनपछि मात्रै पत्ता लाग्यो



ईन्द्र गिरी, संखुवासभा, बैशाख १६ गते ।

संखुवासभा मकालु २ मा रहेको यउपा पिकको फेदमा जमेको रङग ताल बिस्फोट भई आएको वाढीले २ करोड भन्दा बढि क्षति भएको छ । ताल विस्फोट भई एक्कासी आएको बाढीले मकालु २ याङलेखर्कका छोपाल शेर्पाको १ पशल र १ होटल बगाएको पिडीतले बताएका छन ।

करिव ३५ सय मिटरको उचाईमा रहेको याङ्लेखर्कमा वाढीले अन्य २ घरमा समेतमा क्षति पुर्याएको छ । वाढीले ल्याएको माटो ढुङाले १० फिट अग्लो बगर बनाएको र घर पुरेको वाढी पिडीत शेर्पाले जानकारी दिनुभयो ।

मकालुको याङलेखर्कबाट ५ दिन पैदल हिडेर सदरमुकाम खादवारी आएका वाढी पिडीत शेपाले मकालुको याङ्लेखर्कबाट एकदिनको पैदल दुरीमा रहेको करिव ४५ सय मिटर उचाईमा रहेको यउपा पिक मुनिको रङग ताल गत विहिवार विस्फोट भएको थियो ।विस्फोट भई आएको बाढीले नेखर्क, याङले, फेमाताङ, ज्याकखर्कमा भएको ४ वटा काठेपुल पनि बगाएको छ । रेन्जि शेर्पाको १५ वटा चौरी बगाएको उनले बताए ।

सबै गरी कम्तिमा २ करोड बढीको क्षति भएकोे बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्