ललितपुरमा एमालेका आकांक्षीहरू



ललितपुर, (नेस)
ललितपुरका गाउँ तथा नगरपालिकामा चुनावी माहौल तातेको छ। नेकपा एमाले जिल्ला कमिटिको निर्देशनअनुसार ७ बुँदे मापदण्डको परिधिमा रहेर चैत ३० गते कार्यपालिका स्तरीय कमिटिको बैठकबाट उम्मेदवारका आकांक्षीहरूको नाम सिफारिस गरिएको जिल्ला कमिटिका प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिनाले बताएका छन्।

एमाले महालक्ष्मी नगर कमिटिको बैठकले प्रमुखमा किशोर केसी, रामेश्वर श्रेष्ठ, सूर्यबहादुर थापा, शैलेन्द्र राउत र हरिगोविन्द श्रेष्ठको नाम सिफारिस गरेको छ भने उपमेयरमा उमा दाहाल, उर्मिला दाहाल, गंगा दाहाल, निर्मला थापा, प्रगति डंगोल र मिरा केसीको नाम सिफारिस गरेको छ।

गोदावरी नगरकमिटिले गोदावरी नगरपालिकाको प्रमुखमा गोमा घिमिरे, चेतनाथ सञ्जेल, पुरुषोत्तम आचार्य, मिठाराम केसी, रघुनाथ महर्जन र श्यामकृष्ण सिलवालको नाम सिफारिस गरेको छ भने उपप्रमुखमा अन्नपूर्ण बस्नेत, तारा सञ्जेल, सरिता केसी र अम्बिका बस्नेतको नाम सिफारिस गरेको छ।

महाँकाल गाउँपालिकाबाट प्रमुखमा अमृतनाथ तिमल्सिना, नवराज महत, विमला दुलाल, रामचन्द्र दाहाल र श्याम बजगाईंको नाम सिफारिस भएको छ भने उपप्रमुखमा कमला तामाङ, कमला तिमल्सिना, गोमा घिमिरे र रेनुका बजगाईंको नाम सिफारिस भएको छ।

वागमती गाउँपालिकाको प्रमुखमा दुर्गा घिमिरे, नवराज सञ्जेल र रामहरि घिमिरेको नाम सिफारिस भएको छ भने उपप्रमुखमा विमला लामिछाने मगर, डोल्मा कुमारी सिंतान, सरस्वती दाहालको नाम सिफारिस भएको छ।

कोन्ज्योस्योम गाउँपालिकाको प्रमुखमा कृष्णमान लामाको एकल नाम सिफारिस भएको छ। उपप्रमुखः मिनु घिमिरे हुमागार्इं, राधा न्यौपाने, सुस्मिता दुलाल, विष्णु तामाङ र सपना बलको नाम सिफारिस भएको छ। नेकपा एमालेले महानगरपालिका, नगरपालिका र गाउँपालिकाका वडाका उम्मेदवारहरू यसअघि नै सिफारिस गरिसकेको छ।

वैशाख ३ गते बस्ने जिल्ला कमिटि बैठकले वडाका उम्मेदवारहरूको निर्णय गर्नेछ भने गाउँ तथा नगरपालिकाका प्रमुख उपप्रमुखको उम्मेदवारीका नामहरू प्रदेश कमिटिमा सिफारिस गर्ने प्रचार विभाग प्रमुख तिमल्सिनाले जानकारी दिएका छन्।

महानगरपालिकाका उम्मेदवारहरूको सिफारिस वैशाख ३ गते जिल्ला कमिटि बैठकले गर्नेछ।

प्रतिक्रिया दिनुहोस्