काठमाडौँ, १५ चैत । उपप्रधानमन्त्री कमल थापा तथा नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पुरीबीच आज भेटघाट भएको छ ।
सिंहदरबारस्थित सङ्घीय मामिला एवम् स्थानीय विकास मन्त्रालयमा आज भएको सो भेटघाटमा दुई देशबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धको महत्वका बारेमा छलफल भएको थियो ।
उपप्रधानमन्त्री थापाले राजदूत पुरीको कार्यकालमा नेपाल–भारत सम्बन्ध जनस्तरमा समेत प्रवद्र्धन भई थप मजबुत हुने विश्वास व्यक्त गर्नुभएको थियो ।
राजदूत पुरीले नेपाल–भारतबीचको सदियौँ पुरानो घनिष्ठ सम्बन्धलाई थप विस्तार गर्ने र आगामी निर्वाचनमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको बताइएो छ । रासस
प्रतिक्रिया