आगलागीबाट लाखौं क्षति



नेपाल समाचारपत्र काठमाडौँ ।

मोरङको बुढीगंगा गाँउपालिका–३ स्थित कोहिनुर प्लाई उड फ्याक्ट्रीमा सोमबार दाउरा सुकाउने सिजनिङ मेशिन हिट भई आगलागी हुदाँ करीव २० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

त्यस्तै पर्साको धोविनी गाउँपालिका–१ बस्ने तुल्सी गिरीको घरमा मंगलबार करेन्ट सर्ट भई आगलागी हुदाँ छिमेकी तुल्सी गिरी, गौरी गिरी र राघेश्याम गिरी समेतको ३ वटा घर जलेर करीव १४ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।

आगलागीका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्