नेतृत्वका कारण मधेशवादी दलको एकिकरण प्रयास रोकीयो



शिवहरि प्रसाद भट्टराई, राजविराज ।

तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेशवादी दलहरुको एकिकरण प्रयास नेतृत्व र संरचनागत समस्यामा पुगेर अड्किएको वताएका छन् ।
फागुन २३ गते एमालेको मेची महाकाली अभियान विथोल्न खोज्दा प्रहरीको गोली लागि मृत्यु भएकाहरुको सम्मानमा आयोजित श्रद्धाञ्जली सभामा सहभागि हुन सप्तरी आएका ठाकुरले सोमवार पत्रकार सम्मेलनको आयोजना गरी पार्टी एकिकरणको विषयमा खुलस्त पारेका हुन् ।
मधेश केन्द्रित दलहरुको एजेण्डा मधेश मुद्दा नै भएको र सरकार विरुद्ध जनदवाव श्रृजना गर्ने सवालमा पनि मतभेद नभएपनि हरेक पार्टीको संरचना तथा नेतृत्व ग्रहणको विषय एकिकरणको प्रमुख समस्या भएको उनले जानकारी दिए । तथापी एकिकरणका लागि अहिले पनि प्रयास जारी रहेको वताउँदै उनले निस्कर्षमा पुग्न भने नसकिएको वताए ।
अहिलेको प्रमुख राजनितिक समस्या संविधान संशोधन र स्थानीय चुनाव भएको ठाकुरको भनाई छ । एमाले कांग्रेस र माओवादीले सिमांकनलाई थाँती राखेर तीनवटा विषयमा संविधान संशोधन गर्ने हल्ला फिजाएको भन्दै उनले सिमांकनको विषयनै प्रमुख मुद्दा भएकोले त्यसलाई समाधान नगरी चुनावको कल्पना पनि गर्न नसकिने वताए ।
‘संविधान संशोधनका विषयमा सरकारवादी पार्टीहरु नै एकमत छैनन्’ उनले भने–‘कांग्रेस चुनाव अगाडिनै संविधान संशोधनको कुरा गर्छ, माओवादी जसरी पुनः चुनाव भन्छ, हिजोसम्म सकारात्मक देखिएको राप्रपा चुनाव पछि भन्न थालेको छ । कस्का कुरा पत्याउने ?’

प्रतिक्रिया दिनुहोस्