निर्धक्कसँग निर्वाचनको तयारीमा जुट्न उपप्रधानमन्त्री थापाको आग्रह



पुष्कर बुढाथोकी, भक्तपुर ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एबं उपप्रधानमन्त्री कमल थापाले निर्धक्कसँग स्थानीय तह निर्वाचनको तयारी गर्न सबै राजनीतिक दल र नागरिक समाजलाई आग्रह गर्नुभएको छ । सोमबार राप्रपाको मध्यपुर थिमि नगर कार्य समितिले भक्तपुरमा आयोजना गरेको मध्यपुर थिमि नगरपालिकाको २१ औं नगरपालिका स्थापना दिबस कार्यक्रममा बोल्दै स्थानीय बिकास मन्त्री समेत रहेका उपप्रधानमन्त्री थापाले निर्वाचन महान् प्रजातान्त्रिक अभ्यास भएकाले यसमा सिंगो मुलुक जुट्नुपर्ने बताउनुभयो ।
उपप्रधानमन्त्री थापाले मुलुकमा विद्यमान राजनीतिक सङ्कटलाई हल गर्न र प्रजातन्त्रलाई सुदृढ पार्न हुन लागेको स्थानीय निर्वाचनमा मधेसवादी दलहरुलाई समेत सहभागी गराउन वर्तमान सरकार गृहकार्यमा जुटिरहेको उल्लेख गर्नुभयो ।

उहाँले निर्बाचनमा सबैको सहभागीताको निमित्त सरकारले हरसम्भब प्रयास गर्ने बताउँदै दुई दशकदेखि स्थगित भएको स्थानीय निर्वाचनलाई सफल पार्न कुनै पनि दल निर्वाचनबाट अलग बस्न नहुने बताउनुभयो । निर्वाचन सुनिश्चित गर्न आफूहरु सरकारमा गएको बताउँदै निर्वाचन हुन्छ कि हुन्न भनेर दुबिधा र आशंका नपाल्न सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्