उत्कृष्ठ काम गरेको भन्दै गाबिस स्तिरिय शान्ति समिती सम्मानित



विमल विष्ट,डोटी ।

जिल्लामा उत्कृष्ठ काम गरेको भन्दै डोटीका साबिकका दुई गाबिस स्तरिय शान्ति समितिलाई सम्मान गरिएको छ ।

जिल्लाको बनलेक र भूमिराजमाण्डौंका शान्ति समितिलाई एक कार्यक्रमका बिच सम्मान गरिएको हो । डोटी जिल्लाका सबै गाबिसका शान्ति समितिको कामको मूल्यांकन गर्दै राम्रो काम गर्ने भूमिरामाण्डौं र बनलेक गाबिसका शान्ति समितिका संयोजकहरुलाई सम्मान प्रदान गरिएको हो ।

शान्ति प्रर्बद्धन, द्धन्द न्यूनिकरण अन्तरक्रीया तथा गाबिस तथा नगरपालिका स्तरिय शान्ति समितिलाई सम्मान गर्ने कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रशाद शर्माले सम्मान प्रदान गर्नु भएको हो ।

उत्कृष्ठ शान्ति समितिलाई पुरस्कार स्वरुप दश हजार रुपैँया नगद तथा प्रमाण पत्र प्रदान गरिएको शान्ति समिती डोटीका गौतम रोकायाले बताउनु भयो । मूलकको शान्ति प्रक्रिया अन्तिम चरणमा पुगेकाले स्थानीय शान्ति समितिको भूमिका महत्वपुर्ण हुने प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रशाद शर्माले बताउनु भयो । द्धन्द पिडीत तथा बेपत्ताका परिवारले हालेका उजुरीको काम बाँकी भएकाले शान्ति समितिको महत्वपुर्ण काम बाँकी रहेको प्रजिअ शर्माको भनाई छ ।

डोटी जिल्लामा द्धन्द पिडीतको क्षेत्रमा काम गर्ने बिभिन्न गैर सरकारी संस्थाले फरक तथ्यांक प्रस्तुत गर्दै आएकाले तथ्यांकमा एकरुपता ल्याउन पर्ने स्थानियहरुको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्