एउटै संस्थामा लगातार चारपटक अध्यक्षमा निर्वाचित



नरेन्द्र केसी,दाङ ।

तुलसीपुर खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाको अध्यक्षमा चौथोपटक खेमराज ओली निर्वाचित हुनुभएको छ ।

३५०१ मत खसेकोमा उहाँ १६५० मतका साथ अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी यमकान्त भण्डारीले यमकान्त १४७८ मत प्राप्त गर्नुभएको छ । अध्यक्षका अर्का प्रत्यासी दीपक धितालले १२५ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा १८०१ मतका साथ गिरीधारी पौडेल निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी भविलाल घिमिरेले १११७ मत प्राप्त गर्नुभएको छ । सचिवमा मनोज लामीछाने १४८६ मतका साथ निर्वाचित हुनुभएको छ ।

अन्तिमसम्म निकै प्रतिष्पर्धा भएको यो पदका प्रत्यासी शोभाराम केसीले १४२७ मत प्राप्त गर्नुभएको छ ।
कोषाध्यक्षमा १५१५ मतका साथ सिताराम शर्मा निर्वाचित हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी शिवप्रसाद शर्माले १३२५ मत प्राप्त गर्नुभएको छ । सदस्यमा भारता लामिछाने, शारदी सार्की, जाल्पादेबि दमाई, रन्जन गैतम र मेघराज न्यौपाने बिजयी हुनुभएको छ ।

ओली लगातार चौथोपटक अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । उहाँ एकपटक सहमतिबाट र तीनपटक चुनावबाट निर्वाचित हुनुभएको हो । अधुरा काम पूरा गर्ने मुख्य एजेण्डासहित चुनाव लड्नुभएका ओलीले मतदाताले पुनः विश्वास गरेकोमा खुशी व्यक्त गर्दै चुनावमा गरेका वाचा अक्षरशः पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सबै पक्षलाई समेटेर संस्था अघि बढाउने पनि उहाँले बताउनुभयो ।

ओलीको प्यालन एमाले, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय जनमोर्चा र नेपाल कम्युुनिष्ट पार्टीको समर्थन लिएर चुुनावी मैदानमा उत्रेको थियो । त्यस्तै भण्डारीको प्यानल नेपाली कांग्रेस र नयाँशक्ति पार्टीको समर्थन लिएर चुनाव लड्नुभएके थियो । दीपक धिताल स्वतन्त्ररुपमा उठ्नुभएको थियो ।

मतपरिणामअनुसार अध्यक्ष, सचिव र कोषाध्यक्षमा ओली प्यानलका उम्मेदवार बिजयी भएका छन् भने उपाध्यक्ष र सबै सदस्य भण्डारी प्यानलबाट बिजयी भएका छन् । राजनीतिक दलहरु नै चुनावी प्रचारप्रसारमा होमिएकाले यो चुनावलाई दलहरुले प्रतिष्ठाकै रुपमा लिएकाले पनि निकै चर्चा पाएको थियो ।

प्रतिक्रिया दिनुहोस्