लागुऔषध जलाएर नष्ट



हेटौंडा,(नेस)

जिल्ला प्रहरी मकवानपुरले विभिन्न मितिमा बरामद भएका लागुऔषध जिल्ला प्रहरी कार्यालय मकवानपुर, मकवानपुर जिल्ला अदालत तथा सञ्चारकर्मीको रोहवरमा मंगलबार जलाएर नष्ट गरेको छ ।

गाँजा १ सय ९६ किलो ४ सय ४७ ग्राम, चरेश १ सय ७८ किलो ५ सय ग्राम, नाइट्रोभेट ३ सय ५७ ट्याब्लेट, फेनार्गन ११ एम्पुल, व्युप्रिनोर्पिmन १ सय १६ एम्पुल, डाइजेपाम १ सय १५ ट्याब्लेट र कोरेक्स २९ बोतल नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्