सल्यानमा जिल्ला विकास समिति अव जिल्ला समन्वय समितिमा



सरिता चलाउने,सल्यान

जिल्ला विकास समिति र गाउँ विकास समितिका कार्यालय भङ्ग गरिएपछि सल्यानमा घोषणा गरिएका सात गाउँपालिका र तिन नगरपालिकाका कार्यालयले अव स्थानिय निकायका कामहरु गर्ने भएका छन । त्यस्तै जिल्ला विकास समितिलाई जिल्ला समन्वय समिति बनाइएको छ भने विभिन्न गाविसलाई पायक पर्ने ठाउमा केन्द्र बनाइ गाउपालिका बनाइएको छ ।

१ जिविसको कार्यालय २ नगरपालिका र ३५ गाविस रहेको सल्यानलाई तिन नगरपालिका र सात वटा गाउपालिकामा परिणत भएसँगै आइतबारदेखि लागू हुने गरी गाविसका कार्यालयलाई भङ्ग गरिएको जनाइएको थियो । सोही अनुसार स्थानिय स्तरमा स्थानिय निकायको प्रमुखको रुपमा विभिन्न व्यक्तीलाई खटाइएको छ ।

स्थानीय तहका कार्यालय भङ्ग भएसँगै गाउँपालिकाका कार्यालयहरु बाट काम गर्नलाई जिल्ला समन्वय समिति अन्तरगतका स्थानीय तहमा कार्यकारीहरु पनि तोकिइसकेका छन । जस अनुसार नगरपालिका तर्फ शारदामा रेमन्त डाँगी, वागचौरमा महेश न्यौपाने, कुपिण्डेवनगाडमा केशव वुढाथोकी कार्यकारी प्रमुखको रुपमा तोकिएका छन ।

त्यस्तै गाउपालिका तर्फ दार्मामा टिकाराम महतरा, कुमाखमालिकामा विरेन्द्र डाँगी, ढोरचौरमा लालकृष्ण डिसी, छत्रेश्वरीमा वुद्धि प्रकाश शर्मा, त्रिवेणीमा दुर्गा थापा, कपुरकोटमा गुरुप्रसाद योगी र कालिमाटीमा चित्र बहादुर डाँगी रहेका छन ।

गाउँपालिका विभाजनसँगै कार्यालयहरुमा वरिष्ठ सचिवले कार्यकारी अधिकृतका रुपमा काम गर्ने गरी कार्यालय व्यवस्थापन पनि तीव्र गतिमा भइरहेको छ ।

गाविसबाट गरिने कामकाज वडा कार्यालय र अन्य कार्यहरु इलाकाबाट गरिने व्यवस्था रहने गरी सर्वसाधारणका कामकाज आगाडि बढाइने छ ।

प्रतिक्रिया दिनुहोस्