सल्यानमा स्थानिय निकायको निर्बाचनको तयारी तिब्र



सरिता चलाउने,सल्यान

जिल्ला निर्बाचन कार्यालय सल्यानले स्थानिय निकायको निर्बाचनको तयारीलाई तिब्र पारेको छ । सरकारले आगामी बैशाखको ३१ गते स्थानिय निकायको निर्बाचन गर्ने भनेर मिती घोषणा गरे सँगै सल्यानमा पनि निर्बाचनको तयारीलाई तिब्र पारिएको हो ।

निर्बाचन कार्यालयले आबश्यक जनशक्ति बिबरण तयार पार्ने, सरोकारवाला सँग समन्वयन गर्ने लगाएतका आन्तरीक तयारीका कामहरुलाई तिब्रता पारेको जिल्ला निर्बाचन अधिकारी महेश शर्माले जानकारीले जानकारी दिनुभयो । उहाँले स्थानिय तह पुर्नसंरचना आयोगले तयार पारेको प्रतिबेदन निर्बाचन आयोगलाई समयमा नै नपठाउदा जिल्लामा कति मतदान केन्द्र राख्ने, जनशक्ति कती खटाउने लगाएतका बिषयमा भने अन्यौलता रहेको बताउनु भयो ।

स्थानिय तह पुर्नसंरचना आयोगले तयार पारेको प्रतिबेदन निर्बाचन आयोगलाइ बुझाए पछि सोही अनुसारको जानकारी आयोगले जिल्ला निर्बाचन कार्यालयलाई दिन्छ उहाँले भन्नुभयो सोही अनुसार सल्यानमा पनि निर्बाचनको लागी मतदान केन्द्र तोक्ने लगाएतका काम गरिने छ । तर पनि आयोगले सकेसम्म पुरानै केन्द्रलाई कायम गरी निर्बाचन गर्ने भनेकाले सल्यानमा मतदान केन्द्र तोक्ने बिषयमा खासै समस्या नपर्ने बताउनु भयो ।

यसैबिच जिल्ला निर्बाचन कार्यालय सल्यानले दिएको जानकारी अनुसार सल्यानमा मतदाताको संख्या १ लाख, २२ हजार, ४ सय २५ रहेको छ । यो संख्या गत असोज मसान्त सम्ममा १८ बर्ष पुरा भई फोटो सहितको मतदाता नामावली बनाएकाहरुको रहेको छ । जसमा पुरुषको संख्या ६१ हजार २ सय १९ र महिलाको संख्या ६१ हजार २ सय ६ रहेको छ ।

जिल्ला निर्बाचन कार्यालयले कार्तिक देखी फागुण ९ गते सम्मको ४ हजार ३ सय ९३ जनाको फोटो सहितको मतदाता नामावली निर्बाचन आयोगमा पठाएको जानकारी दिएको छ । जुन मतदाता नामावली निर्बाचन कार्यालय र जिल्लाका बिभिन्न ठाउँहरुमा घुम्ती सिबिर मार्फत संकलन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्