मजदुरीका लागि भारत गएका १६५ जना बेपत्ता



विमल विष्ट,डोटी
मजदूरीका लागि भारत गएका सुदूरपश्चिमको पहाडी जिल्ला अछाम,कञ्चनपुर तथा डोटीका नेपाली मजदूरमध्ये एक सय ६५ जना वेपत्ता भएको तथ्यांक सार्वजनिक भएको छ । गैरसरकारी संस्था निडुस नेपालले कञ्चनपुर, अछाम र डोटी

जिल्लामा गरेको अनुसन्धानबाट मजदूरीका लागि भारत गएकामध्ये एक सय ६५ जना हराएको पाइएको हो ।
सुदूरपश्चिमका नौवटै जिल्लाको अवस्थालाई हेर्ने हो भने त एक हजार नाघ्ने अनुमान गरिएको छ । निड्स नेपालले सुरक्षित आप्रवासन र चेलीबेटी बेचबिखन रोकथाम परियोजना अनुसार तीन जिल्लामा पुगेर तथ्यांक संकलन गरेको निड्स नेपालका डोटी प्रमुख प्रकाश मडैले बताउनु भयो ।

उहाँले भन्नु भयो ‘यो त तिन जिल्लाको मात्रै तत्थ्यांक हो,अन्य ७ जिल्लाको संकलन गर्ने हो भने हजारौ बेपत्ता भएका हुन सक्छन् ।’ हराएकाहरुको खोजीका लागि स्थानीय प्रशासनमा उजुरी नपर्दा पनि यकिन तथ्यांक संकलनमा समस्या भएको समेत प्रमुख मडैले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्