राजधानीमा चोरी बढ्यो



नेपाल समाचारपत्र
काठमाडौं

काठमाडौं महानगरपालिका–३४ मिलनचोक डेरा गरी बस्ने महोत्तरी, भरतपुर–८ का सूर्यबहादुर श्रेष्ठको कोठामा मंगलबार दिउँसो कोही नभएको अवस्थामा ढोकाको ताला फुटाई सुनका विभिन्न किसिमका गरगहना ७ तोला, चाँदीका गरगहना २१ तोला र नगद ५ हजारसमेत गरी करिब ३ लाख ४५ रुपियाँ बराबरको धनमाल चोरी भएको छ।

यसै गरी काठमाडौं महानगरपालिका–९ पुरानो बानेश्वर डेरा गरी बस्ने विपीनकुमार विष्टको कोठामा मंगलबार साँझ कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर ल्यापटप १ थान तथा उनको डेरासँगै जोडिएको अर्को घरमा डेरा गरी बस्ने डम्बरकुमार श्रेष्ठको कोठाबाट नगद २ लाख ८१ हजार, सुनका विभिन्न गरगहना र चाँदीको पाउजु ३ तोलासमेत दुवै जनाको गरी करिब ३ लाख ६० हजार रुपियाँ बराबरको धनमाल चोरी भएको छ।

त्यसै गरी काठमाडौं महानगरपालिका–२९ सामाखुसी बस्ने राजनमान श्रेष्ठको घरमा मंगलबार दिउँसो कोही नभएको अवस्थामा मूलगेटको ताला फुटाई दराजमा रहेका २ तोलाको सुनका औंठी ३ थान, १ तोलाको सुनको सिक्रीसमेत गरी करिब १ लाख ८० हजार रुपियाँ मूल्य बराबरको धनमाल चोरी भएको छ।

प्रतिक्रिया दिनुहोस्