५ महिलालाई सम्मान



ललितपुर, (नेस)
पत्रकारिता क्षेत्रमा लामो समयदेखि क्रियाशील ५ जना महिलालाई बुधबार सम्मान गरियो। १०७औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबू महिला विभागले जावलाखेलस्थित श्री उग्रचण्डीमाई परिसर ताम्रकार समाजमा आयोजित एक समारोहकाबीच उनीहरूलाई सम्मान गरिएको हो।

सम्मानित हुनेहरूमा रमा कर्णजित, सुचित्रा श्रेष्ठ, शर्मिला गुरुङ, रचना श्रेष्ठ र सरस्वती कर्माचार्य रहनुभएको छ। उहाँहरूलाई नेपाल पत्रकार महासंघका उपाध्यक्ष अनीता बिन्दुले सम्मानपत्र र नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले खादा ओढाई सम्मान गर्नुभयो। यसअघि सम्मानित हुनेहरूलाई पत्रकार दबूका केन्द्रीय उपाध्यक्ष एवं महिला विभाग संयोजक मीरा राजभण्डारी (अमात्य) ले नेवारी परम्पराअनुसार सगुन दिनुभयो।

सो अवसरमा सञ्चार क्षेत्रमा पत्रकार महिलाहरूलाई अघि बढाउन पत्रकार महासंघलगायत सञ्चार सम्बद्ध विभिन्न संघ–संस्थाहरूले एकीकृतरूपमा प्रयास थाल्नुपर्नेमा जोड दिनुभयो।

उनीहरूले व्यक्तिगत, सामाजिक वातावरण, शक्ति सम्बन्ध र असमान सामाजिक संरचनाले गर्दा महिलाहरू पछाडि परेको उल्लेख गर्दै महिला पत्रकारको दक्षता, क्षमता वृद्धिसँगै प्रोत्साहन नीति अपनाउनुपर्ने पर्ने खाँचो औंल्याउनुभयो। यसरी बोल्नेहरूमा गोरखापत्र दैनिकका पूर्वसम्पादक एवं वरिष्ठ पत्रकार पुष्करभक्त माथेमा नेवाः पत्रकार राष्ट्रिय दबू महिला विभागका सदस्यहरू रेणुका श्रेष्ठ, मञ्जु वज्रचार्य, पूर्णिमा शाक्य रमिता त्वानावासुलगायत रहनुभएको छ।

प्रतिक्रिया दिनुहोस्