सप्तरीको स्थानीय प्रशासनले गरेको अनिश्चितकालिन कर्फ्यु आदेश खारेज



प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालय तानिएपछि सप्तरीको राजविराजमा कर्फ्यु लगाउने निर्णयलाई यतिकै थाती राखेको छ ।

हिजो प्रहरीको गोली लागेर  तीन जनाको मृत्यु भएको घटनाको विरोधमा मधेसी मोर्चाका कार्यकर्ताहरु विहानैदेखि प्रदर्शनमा उत्रिएका थिए । बन्दकर्ताले सरकारी कार्यालयहरुमा तोडफोड र आगजनी गरेका थिए ।

स्थिति तनावग्रस्त भएकाले कर्फ्यु लगाउने निर्णय थियो । तर सीडीयोको नभएपछी तोडफोड र प्रदर्शन पनि केही कम भएको छ ।

जिल्ला प्रशासन र सुरक्षाका अधिकारीहरु कर्फ्यु लगाउन गरेको निर्णयबाट अलिक  हच्किएका छन्  । उनीहरुले सकेसम्म कर्फ्यु नलगाई स्थिति नियन्त्रण लिने प्रयास गर्ने निर्णय गरेका छन ।

सीडीओलाई गृहमा बोलाएपछि  निमित्त प्रजिअको जिम्मेवारी पाएका प्रशासकीय अधिकृत प्रेम उपाध्यायले कर्फ्यु लगाउने निर्णय नै नभएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्