सप्तरीका सिडिओ र प्रहरी प्रमुखलाई काठमाडौं बोलाइयो, प्रधानमन्त्रीले मोर्चासँग आज वार्ता गर्दै



काठमाडौं, (नेस) ।
सप्तरीको सदरमुकाम राजविराजमा सोमबार भएको गोलीकाण्डको बास्तविकता बुझ्न त्यहाँको प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिना र जिल्ला प्रहरी प्रमुख एसपी दिवेश लोहनीलाई काठमाडौ बोलाइएको छ ।

गृह स्रोतका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनमा गृहमन्त्री विमलेन्द्र निधीमार्फत प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई काठमाडौं बोलाइएको हो ।

एमालेले सुरु गरेको मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत सप्तरीको औद्योगिक क्षेत्रमा एमालेको सभालाई विथोल्न गरिएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागि मधेसी मोर्चाका ३ कार्यकर्ताको ज्यान गयो ।

मोर्चाले आज र भोलि तराई बन्दको आह्वान गरेको छ । प्रधानमन्त्रीले कुराकानीका लागि मधेसी मार्चाका नेताहरुलाई आज ३ बजे डाक्नुभएको छ भने आजै ३ बजे नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पत्रकार सम्मेलनको आयोजना गरी सप्तरी घटनाका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्