एमालेको मेची–महाकाली अभियान प्रदेश नम्बर २ मा



काठमाडौं, २३ फागुन ।
एमालेको मेची–महाकाली अभियान अन्तर्गत सुनसरीको इनरुवामा भएको सभा भर्खरै सकिएको छ। मधेशी मोर्चाको अवरोधबीच एमालेले सभा सकेको हो। प्रदेश नं १ मा कार्यक्रम सकेर एमाले प्रदेश नं २ तर्फ लागेको छ।

अभियनामा पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालसहित केन्द्रीय टोली सामेल छ। इनरुवामा सभा सुरु हुनुपूर्व मधेसी मोर्चाका केही कार्यकर्ताले विरोध प्रदर्शन गरे पनि एमालेले सभा सकेको छ।

फागुन २१ गते झापाको काँकडभिट्टाबाट सुरु भएको मेची–महाकाली राष्ट्रिय अभियान अन्तर्गत आजै सप्तरीको राजविराज र कञ्चनपुरमा कार्यक्रम हुँदैछ।

प्रतिक्रिया दिनुहोस्