३३ किलो सुन तस्करीमा सालीमार ज्वेलर्स् र आरके ज्वेलर्स् को संलग्नता छः सिआईबी



काठमाडौं, २२ फागुन ।
दुबई हुँदै नेपाल भित्रिएको ३३ किलो सुन काण्डको एक दुई हुँदै अन्य रहस्य खुल्ने क्रम जारी छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबि)ले गरिरहेको अनुसन्धानले यस्तै एकपछि अर्काे रहस्यको पर्दाफास गर्दै आईरहेको छ ।

३३ किलो सुन तस्करीमा काठमाडौंका सालीमार ज्वेलर्स् र आरके ज्वेलर्सको संलग्नता रहेको अनुसन्धानमा खुलेको सिआईबीका प्रमुख डिआईजी नवराज सिल्वालले आज आइतबार पत्रकार सम्मेलन गर्दै जानकारी दिनुभयो ।

सो ज्वेलर्सहरुले अहिले सम्मकै अबैधरुपमा नेपाल भित्रीने सुनहरु किन्ने गरेको अनुसन्धान गर्दा खुलेको उहाँले बताउनुभयो । दुबाईबाट ३३ किलो सुन हरिसरण खड्का र रोषण भुषाल उर्फ गुप्तराजले सुन पठाएको पनि खुल्न आएको छ ।

उनीहरुले पछिल्लो १७ महिनामा १ सय ८ पटक सुन तस्करी सिआईबीले जनायो ।  हालसम्म ३३ किलो सुन तस्करी घटनामा १२ जना पक्राउ परेका छन् भने २१ जना अझै पनि फरार छन् । पक्राउ परेका अभियुक्तहरुलाई नेपालमै पहिलो पटक संगठित अपराध ऐन २०७० अनुसार मुद्धा लगाएर कारबाही अगाडि बढाउने तयारी सिआईबीले जनाएको छ ।

यो भन्दा अघि सुन तस्करलाई समातेर भन्सार विभाग, राजस्व अनुसन्धान विभाग पठाउने र तस्करहरु छुट्ने हुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्