नेपाल रेडक्रस सोसाईटी अछामको २४ औँ जिल्ला सभा सम्पन्न



बिष्णुप्रसाद भण्डारी,अछाम

नेपाल रेडक्रस सोसाईटी अछामको २४ औँ जिल्ला सभा सम्पन्न भएको छ ।

अछामको मंगलसेन स्थित रेडक्रस सोसाईटीको सभा हलमा सभाको उद्घघाटन गरिएको थियो । जिल्ला सभापती रत्नप्रसाद ढुंगनाको सभापतीत्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथी नेपाल रेडक्रस सोसाईटीका केन्द्रिय सदस्य बिर्केश सिंह बोगटी रहनुभएको थियो ।

कार्यक्रमा बोल्दै प्रमुख अतिथी बोगटीले नेपाल रेडक्रस सोसाईटीले बिगतका दिन देखि नै बिपत्का बेला बिभिन्न खाले सहयोगका कामहरु गर्नुका साथै थुप्रै सेवामुलक गतिविधिहरु समेत सञ्चालन गर्दै आएको बातउनुभयो । यसैगरि उहाँले अछाम जिल्लामा पनि रेडक्रसले यस्ता थुप्रै सामाजिक कार्य गर्दै आएको जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकर बिष्ट र नेपाल रेडक्रस सोसाईटी डोटी शाखाका सभापती लक्षिराम कुँवर बिशिष्टको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली कांग्रेसका महेश जैशी, नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य भीम जनाला, नेकपा माओबादी क्रान्तिकारीका खडकसिंह भण्डारी, राप्रपाका जिल्ला कमिटी सदस्य काँशिराम साउँद, नेपाल रेडक्रस सोसाईटी अछामका पूर्व सभापती चन्द्रमणी भाट, निमित्त जिल्ला स्वास्थ्य प्रमुख झपटराज ढुंगाना, नेपाल पत्रकार महासंघ अछमका सचिव शिवराज ढुंगाना, अछाम उद्योग बाणिज्य संघका उपाध्यक्ष राम बहादुर शाही, मालिका बिकास संघ अछामका बरिष्ट उपाध्यक्ष केशव रावल, सामुदायीक कार्यक्रम (सिडिपी) का रोशन खड्का लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा अछामका मन्त्री गणेश खड्काले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

जिल्ला शाखा उपसभापती हर्कराज शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन मन्त्री ध्रुव कुमार शाहीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्