नगरकोटमा पुरिएको अवस्थामा युवतीको शव



भक्तपुर, (नेस)
नगरकोट नगरपालिका–११ मुहानपोखरीमा पुरेको अवस्थामा एक युवतीको शव भेटिएको छ। करिब २२ वर्षकी पहिचान खुल्न नसकेकी युवतीको पुरिएको शवको हात देखेपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ। युवतीको शव हात खुट्टा बाँधिएको अवस्थामा फेला परेको थियो।

अपराध अनुसन्धान महाशाखाको टोलीले विशेष अनुसन्धान शुरू गरेको र युवतीको हत्या गरी शव त्यस स्थानमा ल्याएर फालेको हुन सक्ने प्रहरीले जनाएको छ। स्थानीयले एक महिनाअघि नै कसैले त्यहाँ ल्याएर शव गाडेको हुन सक्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्