१३ वर्षीय बालिका बलात्कार गरेको अभियोगमा ३५ वर्षीय शाही पक्राउ



दिपेन्द्र शर्मा, जाजरकोट ।
जाजरकोटमा १३ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा १ जना युवक पक्राउ परेका छन् । बलात्कारको अभियोगमा भेरीमालीका नगरपालीका ११ मटेला जाजरकोटका ३५ वर्षीय इन्द्रबहादुर शाहीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो ।

बारीमा तरकारी लिन गएकी १३ वर्षीया बालिकालाई भेरी नदिको किनारमा लिएर इन्द्रबहादुर शाहीले बलत्कार गरेका थिए । बलत्कृत भएकी बालिका सुस्त मनस्थितीकी भएकोले केछ यहाँ हेर्न आउ भन्दै बोलाई नदि किनारमा लगि बलात्कार गरेका थिए । भेरी नदिको किनारमा लगेको गाँउले देखेपछि बालीकाको मामालाई खबर गर्न जाँदा शाही भागेका थिए । बालीकाका मामा तथा गाँउलेहरु मिलेर शाहीलाई मटेला नजिकैबाट समातेर प्रहरीलाई बुझाएका थिए ।

बालीकाकी आमा महिला तथा बालबालीका कार्यालय जाजरकोटद्धारा संचालीत तालीमबाट घर गए पछि मात्र छोरीलाई शाहीले बलात्कार गरेको थाहा भएको बालिकाकी आमाले बताइन । बिहीबार भेरीमालीका नगरपालीकाको ११ मटेलाको भेरीनदि किनारमा बालिका बलत्कृत भएकी थिइन । मलाई तरकारी लिन जादा यहाँ केछ हेर्न आइजा भनेर नदि किनारमा लगेर जर्वजस्ती यौनसम्पर्क गरेको छोरीले नै रुदै भनेपछि घटनाबारे आफूले थाह पाएको बालिकाकी आमाले बताइन । गाँउलेको सक्रियतामा शाहीलाई समातेर प्रहरीमा बुझाईएको बालिकाको आमाले बताइन ।

१३ बर्षिय बालिका लाई वलत्कार गरेको कुरा बाहीर आएपछि पिडितको उजुरीका आधारमा प्रहरीले शाहीलाई पक्राउ गरेको हो । बालिकालाई भेरीमालीका नगरपालीका ११ मटेलामा बिहिबार जर्वजस्ती करणी गरेका थिए । शुक्रबार शाही विरुद्ध जिल्ला प्रहरी कार्यालय जाजरकोटमा जर्वजस्ती करणी सम्बन्धी मुद्धा दर्ता गरिएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी भावेश रिमालले जानकारी दिए । घटना बारे थप अनुसन्धान भैरहेको डिएसपि रिमालले बताए ।

बालिकाको स्वास्थ्य परीक्षण गर्दा पनि बलात्कृत भएको चिकित्सकले पुष्टि गरिसकेका छन् । नावालक वालीका लाई वलत्कार गर्ने इन्द्र वहादुर शाही लार्ई कानुन अनुसार हदै सम्मको सजाय हुनु पर्ने अधिकार कर्मीहरुको माग छ । नावालक लाई बलत्कार गरेकोले हदै सम्मको कारवाही हुनु पर्ने अन्तर पार्टी महिला संजाल जाजरकोटकी अध्यक्ष प्रमिला सिंह राठौरले बताइन ।

प्रतिक्रिया दिनुहोस्