भारतको नयाँ राजदूतमा पुरी



काठमाडौं, (नेस)
छिमेकी भारतले नेपालका लागि नयाँ राजदूतमा मन्जिभसिंह पुरीलाई नियुक्त गर्ने भएको छ। यससम्बन्धी भारतका तर्फबाट बुधबार नेपाल सरकारलाई जानकारी गराएको स्रोतले जनाएको छ।

बेल्जियमका लागि भारतका राजदूत रहिसकेका सिंह भारतका करियर डिप्लोम्याट हुनुहुन्छ। उहाँले भारतीय विदेश मन्त्रालयमा संयुक्त राष्ट्रसंघ मामिला हेर्नुका साथै न्युयोर्कमा रहेर पनि भारत सुरक्षा परिषद्को अस्थायी सदस्य भएका बेलामा काम गर्नुभएको थियो। उहाँले सन् १९८२ मा भारतको विदेश मन्त्रालयमा काम शुरू गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्