दोहोरीमा सयपत्रीले मार्यो बाजी



राजधानीमा सम्पन्न अधिराज्यव्यापी तेस्रो अन्तर दोहोरी साँझस्तरीय राष्ट्रिय दोहोरी गीत रनिङ शिल्ड प्रतियोगीतामा सयपत्री दोहोरी साँझ प्रथम भएको छ। प्रथम भएवापत सो साँझलाई पुरस्कारवापत एक लाख पाच हजार रुपैयाँ प्रदान गरिएको छ।

बलियो लोक संस्कृति दरीलो घर, हामी सबै होऔं आत्म निर्भर भन्ने नाराका साथ फागुन १२ गतेबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको प्रतियोगिता सोमबार सम्पन्न भएको हो। ४ दिनसम्म चलेको उक्त प्रतियोगीतामा विषेशगरी देशभरीका लोक दोहोरी साँझ तथा कलाकारहरुले भाग लिएका थिए। प्रतियोगितामा गामबेसी दोहोरी साँझले द्धितिय भई ७५ हजार रुपियाँ, निरमाया दोहोरी साँझले तृतिय भई ५० हजार रुपौयाँ पुरस्का पाएको छ। त्यसै गरी विशाल रायमाझी र कुमारी गुरुङ उत्कृष्ट दोहोरी गायक गायिका घोषित भएका छन्। विजयीहरुलाई जनही १५ हजार रुपियाँ प्रदान गरीएको छ भने न्यँ दरवार रोदी क्लबलाई सान्त्वना पुरस्कार वापत २५ हजार रुपिया प्रदान गरीएको छ।

दोहोरी साझ प्रतियोगीता भनिए पनि यो राष्ट्रियस्तरको प्रतियोगीता भएको दोहोरीमा गाउने कलाकार मात्र नभएर देश भरीका सम्पुर्ण कलाकारहरुले भाग लिएको प्रतिष्ठानका अध्यक्ष तथा लोकगायक बद्री पंगेनीले जानकारी गराए राष्ट्रिय लोक तथा दाहोरी गीत प्रतिष्ठान नेपालको आफ्नै भवन र लोक संग्रहालय स्थापनाको लागी यो कार्यक्रमको अयोजना गरिएको बद्रीले बताए।

कार्यक्रममा पुर्णकला बिसी, सुरेन्द्र पौडेल जानकी तारामी मगर, राधिका हमाल, पुर्णकला बिसी , मुना थापा मगर, टिका पुनलगायतका लोकदोहोरी गायकगायिकाले पनि दोहोरी सुनाएर मनोरञ्जन प्रदान गरेका थिए। दोहोरी प्रतियोगीतालाई २० हजार दर्शकले अवलोकन गरेको आयोजकले दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्