निर्वाचन बिथोल्न नेविसंघका कार्यकर्ता लागिरहेका छन: अध्यक्ष लामा



भक्तपुर, १७ फागुन । अनेरास्वीयूका अध्यक्ष नवीना लामाले नेविसंक्याम्पसमा तालाबन्दी लगाएर चुनाव बिथोल्न नेविसंघका नेता तथा कार्यकर्ता लागि परेको आरोप लगाउनुभएको छ ।

रफत सञ्चार क्लवमा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष लामाले नेविसंघ निर्वाचन भाड्ने षड्यन्त्रमा लाग्दा निर्वाचन प्रभावीत हुने खतरा आएको बताउनुभयो ।

नेविसंघको अराजनैतिक र अलोकतान्त्रिक चरित्रका कारण स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रभावीत हुने खतरा बढिरहेको उहाँको भनाइ छ । अध्यक्ष लामाले नेविसंघको गुण्डागर्दी र अलोकतान्त्रिक शैलीका कारण निर्वाचनमा समस्या आएको बताउनुभयो ।

उहाँले स्ववियू निर्वाचन कुनै पनि हालतमा नरोकिने बताउँदै १८ गतेको निर्वाचन कसैले चाहेर पनि नरोकिने बताउनुभयो । नेविसंघले पराजय स्वीकार्न नसक्दा क्याम्पसमा तालाबन्दीमा उत्रिएको बताउँदै आठ वर्षपछि हुन लागेको स्ववियू निर्वाचन सफल बनाउन सबै विद्यार्थी संगठनलाई आग्रहसमेत गर्नुभयो । उहाँले देशभर आफूहरुको विजयको शूरुवात भएपछि नेविसंघ तालाबन्दीमा उत्रिएको बताउनुभयो ।

सानोठिमी क्याम्पसमा सोमबार राती भएको क्याम्पस प्रमुखको कार्यकक्षमा भएको आगजानी अखिल र विप्लवले लगाएको भन्ने झुण्डो आरोप आगजानीमा कुनै संलग्नता छैन्, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्