अपाङ्गको अवस्था दयनीय



समिना तिमिल्सिना, काठमाडौं।

काभे्र भकुण्डेवेशी निवासी १५ बर्षीय स्वस्तीका हुमागाईंको एउटा खुट्टा चल्दैन । ७ वर्ष हुँदा वनेपा आउँदा बसले ठक्कर दिएपछि अहिलेसम्म उनको दायाँ खुट्टा चल्दैन । उनको उपचार सम्भव नरहेको धुलीखेल अस्पतालले बताएको छ ।

अहिले देशभर ५ लाख १३ हजार तीन सय २१ जना अपांग व्यक्ति रहेको राष्ट्रिय अपांग कोषले जनाएको छ । सरकारले बनाएको नीति कार्यान्वयन नहुँदा, अपाङगहरुको लागी पर्याप्त बजेट नहुँदा अपाङगको अवस्थामा सुधार आउन नसकेको राष्ट्रिय अपांगका कोषका अध्यक्ष गोपालवहादुर भण्डारीले वताउनुभयो । कुल जनसंख्याको १.९४ प्रतिशत अपाङग रहेको कोषको तथ्याङकमा उल्लेख छ ।

कोषका अध्यक्ष भण्डारी भन्नुहुन्छ, ‘चालु आर्थिक बर्ष २०७३/०७४ मा अपांगको लागी करिब दुई करोड रकम छुट्याइएको छ । ‘सरकारले उनीहरुको लागी छात्रवृति, ५०प्रतिशत स्वास्थ्य उपचार तथा सिपमुलक तालिमको समेत ब्यवस्था गरेको छ । विद्यालय तथा सार्वजनिक निकायमा अपांग मैत्री बनाउने निति लिएको छ । तराईका ९० प्रतिशत विद्यालय अपांग मैत्री भएको छ । तर भौगोलिक विकटताको कारण पहाड र हिमाली क्षेत्रमा अझ यो नीति लिन सकेको छैन ।’

सरकारले अपाङग भएकाहरुलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिदिएता पनि त्यसको सहि रुपमा कार्यन्वयन नहुदा अपाङगहरुको अवस्थामा सुधार ल्याउन सकेको छैन । हालको कूल जनसंख्या १ दशमलव ९४ प्रतिशत अर्थात ५ लाख १३ हजार तीन सय २१ जना अपाङग ब्यक्ति रहेको राष्ट्रिय अपांग कोषले जनाएको छ ।

सरकारले वनाएको नीति नियम कार्यान्वयन नहुँदा, अपाङगहरुको लागी उचित वजेटको कमीले अपाङको अवस्थामा सुधार नआएको राष्ट्रिय अपांगका कोषका सभापति गोपाल वहादुर भण्डारीले वताउनुभयो । उहा भन्नुहुन्छ, ‘सरकार तथा स्थानिय क्षेत्रवाट अपांगको आधारभूत आवश्यकता समेत पुयाउन नसकेको कारणले उनीहरु संविधानमा उल्लेख नैसर्गीक अधिकारवाट नै वञ्चित रहेको बताएका छन ।’ अन्तराष्ट्रिय अपांग महासंघ सूचना तथा परामर्शका सहायक सुरेशराज भण्डारी भन्नुहुन्छ,‘नेपालमा अपांगको हकहितको लागी अपांग संरक्षण तथा कल्याण ऐन २०३९ निर्माण भएको छ ।

जुन आ.व.२०५१/०५२ देखि लागू भएको छ। ’ उहाले विसं २०६० देखि प्रत्येक दुई वर्षमा अपागंता सम्बन्धि राष्ट्रिय कार्ययोजना बनाउदै आएका जानकारी गराउनु भयो । सरकारले अपागंको प्रकृतिको आधारमा अपाङग भएको व्यक्तिलाई चार भागमा विभाजन गर्छ । जसको आधारमा उनीहरुलाई सुरक्षा भत्ताको व्यवस्था गर्ने गर्दछ । स्न २०१६ मा प्रकाशित डिजाविलिटी रिसर्ज सेन्टर पुस्तकमा उल्लेख भए अनुसार काठमाण्डौमा सवै भन्दा वढि १७ हजार एक सय २२ र सवै भन्दा थोरै मनाङ जिल्लामा दुइ सय चार अपागं रहेका छन ।

दुर्घटना, रोगव्याधी, जथाभावी औषधिको सेवन, जन्म जातको कारण, जनचेतनाको कमी लगायत विभिन्न कारणले अपाङं हुने गरेको र महिलाको तुलनामा पुरुषको संख्यां बढि रहेको अअमसले जनाएको छ । राष्ट्रिय अपागं कोषका कर्मचारी सुनिता पौडेलले अपाङ्ग भएका व्यक्तिको व्यक्तित्व विकासको लागी समयसमयमा सीप मूलक तालिमको व्यवस्था गरेको छ। कार्यालयमा ५÷आरक्षण सीटको व्यवस्था गरेको छ । जसलाई लोकसेवा आयोगले पूर्ण रुपमा पालना गरेता पनि अरु कार्यालयले केही मात्रामा कार्यान्वयन गरेको वताएको छ ।

प्रतिक्रिया दिनुहोस्