ओष्कारमा अवार्ड मुनलाईटलाई घोषणा ला ला ल्याण्डको



उपन्यासमा आधारित फिल्म मुन लाइट ओष्कार फिल्म अवार्डस्मा यस वर्षको उत्कृष्ट फिल्म घोषित भएको छ। अमेरिकाको लस एन्जलल्सस्थित डल्बी थिएटरमा सम्पन्न ८९औं ओस्कार एकेडेमी अवार्डमा सुरुमा फिल्म ला ला ल्यान्डको नाम उत्कृष्ट फिल्मका रुपमा घोषणा गरीए पनि उक्त घोषण फिर्ता लिँदै मुन लाईटलाई अवार्ड दिइंदा केही बेर तनाव भएको थियो।

वारेन बिटी र फाए डुनावेलाई उत्कृष्ट फिल्मको नाम घोषण गर्न मञ्चमा बोलाइएकोमा उनीहरुले फिल्म ला ला ल्यान्डको नाम लिएका थिए। त्यसलाई सच्याएर मुन लाइटको नाम लिईंदा ला ला ल्यान्डको टिमले मञ्चमा पुगेर दर्शकलाई सम्बोधन गर्न खोजेका थिए। त्यतिखेर एक प्रतिनीधिले गल्तीवस यो घोषणा भएको स्पष्टीकरण दिएका थिए। मुन लाईट अहिलेसम्मको ओष्कारमा भिडेकामध्ये सर्वाधिक कम बजेटमा बनेको फिल्म हो। यो फिल्म १५ लाख डलरमा बनेको थियो। यो विधामा मुन लाईटसहित हिडन फिगर्स, हेल ओर आई टावर, अराइवल, लायन, ला ला ल्यान्ड, फेसेन्स, म्यान चेस्टर बाई द सी र हैकसा रीज मनोनयमा थियो। यस फिल्मको जीत हुनु भनेको राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति एक किसमको कडा शन्देश पनि थियो, जस्ले आफ्नो देशमा आप्रवासीविरुद्ध अभियान चलाइरहेका छन्।
ओस्कार फिल्म अवार्डकी संचालीक जीमी किमेलले भुलप्रति जिम्मेवारी लिँदै ओष्कारमा भएको यो घटनाले अघिल्लो वर्षको मिस युनिभर्सको फिनालेको याद दिलाएको बताइन्।

ओष्कारमा उत्कृष्ट अभिनेताको अवार्ड म्यानचेस्टर बाई द सीबाट केसी एफलेक र फिल्म ला ला ल्यान्डबाट एम्मा स्टोनले उत्कृष्ट अभिनेत्रीको अवार्ड चुमिन्। सह अभिनेताको अवार्ड भने मुन लाईटबाट नै मार्साल्ला अलिले जितेका छन् भने सह अभिनेत्रीको अवार्ड फेन्सेसबाट भियोला डेभिसले चुमेकी छिन्। घोषणा भईसकेर पनि उत्कृष्ट फिल्मको उपाधि पाउनबाट चुकेको फिल्म ला ला ल्यान्डले आधा दर्जन अवार्डलाई आफ्नो बनाएको छ। यो फिल्मबाट डेमीनय चेजिल निर्देशकको अवार्ड चुमे। ३२ वर्षे उनले अस्कर इतिहासमा सर्वािर्धक कान्छो उमेरमा निर्देशकको अवार्ड जित्ने रेकर्ड पनि बनाए। यसले बेस्ट ओरीजन सङ, बेस्ट ओरीजन, सिनेम्याटोग्राफी, प्रोडक्सन डिजाइनसहित आधा दर्जन विधामा अवार्ड चुम्न सफल भयो। मौलिक पटकथाको अवार्ड फिल्म म्यानचेस्टर बाई द सीबाट केनेथ लोनेरगानले अवार्ड जितेको समारोहमा भिजुअल इफेक्टको अवार्ड द जंगल बुक, मेक अप र केश विन्यासको अवार्ड सुसाइड स्क्वाड, कस्ट््युम डिजाइन फिल्म फ्यान्टनस्टिक बिट्स, एनिमेटेड फिचर फिल्म जुटोपिया, एनिमेटेड सर्ट फिल्म पाइपर, ध्वनी सम्पादन फिल्म अराइभल र ध्वनी मिश्रण फिल्म हक्सा रीजले जितेको छ। त्यसै गरी डकुमेन्ट्री फिचर फिल्मको अवार्ड ओजे मेड इन अमेरीका, विदेशी भाषाको फिल्मको अवार्ड इरानी फिल्म द सेल्सम्यान, लाइभ एक्सन सर्ट फिल्मको अवार्ड सिङ र डकुमेन्ट्री सर्ट फिल्मको अवार्ड द ह्वाईट हेलमेट्सले जितेको छ।

अनुमानअनुसार नै यसपटकको ओष्कार अवार्डमा विदेशी भाषाको फिल्मको अवार्ड जित्न सफल इरानी फिल्म द सेल्सम्यानका निर्देशक असगर फरादीले लिखित सन्देश पठाउँदै आफ्नो अनुपस्थिती अमेरिका जान नपाएका सबै इरानी नागरिकप्रति सम्मान रहेको बताए। डोनाल्ड ट्रम्पले मुस्लिम बहुल मध्यप”र्वका सात देशका नागरिकलाई अमेरिका भ्रमणमा रोक लगाएपछि उनी क्रुद्ध भएका थिए। यसपटक ओस्कर समारोह ट्रम्प विरोधीसमेत देखियो। सञ्चालक जिम्मी केमेलले समेत ट्रम्पविरुद्ध व्यंग्य गरे।

प्रतिक्रिया दिनुहोस्