प्रभावकारी भएन डाँक सेवा



विमल विष्ट, डोटी
सुदूरपश्चिम यातायात व्यवसायी समितिको लापरबाहीका कारण दिपालय–काठमाडौं डाँक सेवा प्रभावकारी हुन सकेको छैन। सम्झौताअनुसार यातायात व्यवसायीका बसले डाँकलाई सहज, छिटो र सुरक्षितरूपमा ओसारपसार गर्नुपर्ने हुन्छ। तर सुदूरपश्चिम यातायात व्यवसायी समितिले डाँक सेवाका लागि लापरबाही गर्ने गरेका कारण डाँक सेवा प्रभावकारी हुन नसकेको क्षेत्रीय हुलाक निर्देशनालय दीपायलका खरिदार भोजराज पन्तले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘हामीले दीपायलबाटै डाँक उपलब्ध पठाउँछौं, तर यताबाट सुदूरपश्चिम यातायातको सीधा काठमाडौंसम्म जाने बस नहुँदा डाँकसेवा प्रभावकारी हुन सकिरहेको छैन, कैलालीमा गएर थन्किन्छ।’

यसबाहेक यातायात व्यवसायीको लापरबाहीका कारण पनि डाँक सेवा प्रभावित भइरहेको जनाइएको छ। सुदूरपश्चिम यातायातले सम्झौताअनुसार काम नगरिरहेको क्षेत्रीय हुलाक निर्देशनालय दीपायलले जनाएको छ।

सामान्यतया बाजुराबाट डाँक तीन दिनभित्र दीपायल पुग्नुपर्ने हो। तर अहिले बाजुराबाट दुई हप्तामा दीपायल डाँक पुग्ने गरेको पनि क्षेत्रीय हुलाक निर्देशनालयले जनाएको छ। दीपालय–काठमाडौं डाँक सेवाका लागि क्षेत्रीय हुलाक निर्देशनालय राजपुर दीपायलले सुदूरपश्चिम यातायात व्यवसायी समितिसँग वार्षिक ८६ हजार २ सय ५० रुपियाँको सम्झौता गरेको छ।

डाँक सेवा नियमित नहुँदा यहाँका स्थानीयले पठाएका पत्र तथा बाहिरी जिल्लाबाट आउने पत्रहरू ढिलो गरी पुग्दा समस्या भएको बताइएको छ। स्थानीयका अति जरुरी पत्र समयमै नपुग्दा आफूहरूले गाली खानुपरेको गुनासो हुलाक कर्मचारीको छ।
पाटन दरबार स्क्वायरमा मल्ल राजा योगनरेन्द्र मल्लको सुनले पोतिएको प्रतिमा सोमबार पुनस्र्थापना गरिँदै । सो प्रतिमालाई २०७२ सालको भूकम्पले क्षति पुर्याएको थियो । तस्वीरः रवि महर्जन⁄काठमाडौं

प्रतिक्रिया दिनुहोस्