एकै दिन दुई झड्का



काठमाडौं, (नेस)
सोमबार बिहान रामेछापलाई केन्द्रविन्दु बनाएर दुईपटक भूकम्पको परकम्प दोहोरिएको छ। रामेछाप केन्द्रविन्दु भएर ४ दशमलव ६ र ४ दशमलव ७ रेक्टरको परकम्प गएको हो।

बिहान ९ बजेर २२ मिनेटमा ४ दशमलव ६ रेक्टर र १० बजेर ६ मिनेटमा ४ दशमलव ७ रेक्टरको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का रापेछापसहित आसपासका जिल्ला र काठमाडौंमा समेत महसुस गरिएको थियो। सो परकम्प २ वर्षअघि गोरखा केन्द्रविन्दु भएर गएको भयानक भूकम्पकै रहेको जनाइएको छ।

सोमबार बिहान परकम्प आएपछि रामेछाप र आसपासका स्थानीयको भागदौड भएको र सोही कारणले रामेछापको गेलु गाविसका स्थानीय ज्ञानकुमार तामाङको मृत्यु भएको भनिए पनि उनको निधन भूकम्पले घाइते बनाएर नभएको प्रहरीले जनाएको छ। ‘बिरामी अवस्थामा घरमा रहेका तामाङ भूकम्पका बेला घरमै रहेका थिए, काम विशेषले घरबाहिर रहेका उनका आफन्तहरू फर्कंदा उनी मृत भेटिएका थिए।’ –रामेछाप प्रहरी प्रमुख कुमुद ढुंगेलले भने।

प्रतिक्रिया दिनुहोस्