रामेछापलाई केन्द्रविन्दु बनाएर २ पटक पराकम्प



काठमाडौं, १६ फागुन ।


आज विहान रामेछापलाई केन्द्रविन्दु बनाएर दुई पटक पराकम्प गएको छ । रामेछाप केन्द्रविन्दु बनाएर विहान ९ बजेर २२ मिनेट र १० बजेर ६ मिनेटमा दुई पटक ४.६ र ४.७ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

२०७२ बैशाख १२ गते गोरखा केन्द्रबिन्दू बनाएर गएको शक्तिशाली भूकम्पपछि परकम्प जाने क्रम अझै रोकिएको छैन ।

यो गोरखा भूकम्पको पराकम्प भएको र अहिलेसम्म ४७८ वटा पराकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।बिहान १० बजेर ६ मिनेट जाँदा रामेछापमै केन्द्र बनाएर ४.७ म्याग्निच्युडको अर्को पराकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्