काठमाडौंका २ घरबाट जुवाडेहरु पक्राउ



काठमाडौं, १५ फागुन ।
प्रहरीले काठमाडौंका दुई घरबाट जुवाडेहरु समातेका छन् । काठमाडौं–१५ स्वयम्भू ठाडोभर्याङ स्थित हरी कसुजीको घरमा डेरा गरी बस्ने नवलपरासी बर्दघाट–२ पुनम घलेको कोठामा अवैधरुपमा कौडा खेलिरहेको अवस्थामा पुनम घले सहित ६ जनालाई ३१ थान कौडा र नगद ७९ हजार ३ सय १० रुपैयाँ सहित प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ ।

त्यस्तै काठमाडौं–१५ स्वयम्भू मुस्ताङ गुम्बा नजिक शिव श्रेष्ठको घरमा डेरा गरी बस्ने बांके राधापुर–८ चन्द्रनगर घर भएकी रजनी मगरको कोठामा अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा रजनी मगर सहित ८ जनालाई ३२० पिस तास र नगद ३७ हजार ६ सय १० रुपैयाँ सहित प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्