अनन्तलाई थप उपचारका लागि बैंकक लगिदै



काठमाडौं, १५ फागुन ।
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ स्वास्थ्य उपचारका लागि आज दिउँसो बंैकक लगिदै छ । उहाँलाई उपचारका लागि ग्रान्डी अस्पतालमा राखिएको थियो तर करिब एक महिना लामो उपचारपछि केहि सुधार नआएपछि उहाँलाई बैंकक उपचारको लागि लैजान लागिएको हो ।

उहाँ आज विहानै अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । पटक पटकको बान्ता र लामो समयसम्म ज्वरो नहटेका कारण उनलाई थप उपचारका लागि बैंकक लैजान लागिएको परिवार स्रोतले जनाएको छ ।

उहाँको साथमा उहाँको पत्नी एवंम सभामुख ओनसारी घर्ती मगर पनि जाँदै हुनुहुन्छ । एक वर्ष अगाडी जण्डिस बिग्रीएका कारण बैंककबाटै उपचारपछि निको हुनुभएको थियो ।

आज दिउसो साढे दुई उहाँलाई थाइएयरबाट लगिदै छ ।

प्रतिक्रिया दिनुहोस्