ट्युमर पीडितलाई इजरायलबाट सहयोग



हेटौंडा,(नेस) राप्रपा नेता एवम् सांसद् गणेश थापाको पहलमा उपचार सुरु गरिएस“गै ट्युमर पीडित माइलीमायाको उपचारमा सहयोग जुट्न थालेको छ ।
लामाको उपचार निमित्त मोरङ स्थायी घर भई हाल इजरायलमा कार्यरत् इन्दिरा संग्रौलाले आर्थिक सहयोग गरेकी हुन् । राट्रि«य प्रजातान्त्रिक युवक संगठन मकवानपुर अध्यक्ष अर्जुन ढुंगानामार्फत् संग्रौलाले १६ हजार नगद सहयोग गरेकी छन् ।
सांसद् थापाले मकवानपुरको हा“डीखोलाकी ट्युमर पीडित लामाको उपचारमा सहयोग गर्न भरतपुरस्थित क्यान्सर अस्पताल मासुजा“च (बायोप्सी) टेष्ट गराएका छन् । डाक्टरको सल्लाहअनुसार उपचार प्रक्रिया अगाडि बढ्ने सांसद् थापाले बताए । सांसद् थापाको अनुरोधअनुसार उपचारका निमित्त डा.शिवजी पौडेल र राप्रपा केन्द्रीय सदस्य पवित्रा जोशीले चितवनमा सहयोग गरेका थिए ।
सांसद् थापाले हा“डीखोला–४ की ५१ वर्षीया माइलीमायाको उपचारका लागि चुरेहिल अस्पताल हेटौंडामा पनि परीक्षण गराएका थिए । उनको मुखमा क्यान्सर भए÷नभएको परीक्षणका लागि भरतपुर लगिएको हो ।
सांसद् थापाले लामाको उपचारका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन् । अनुहारमा पलाएको ट्युमरको उपचार गर्न नसक्दा ११ वर्षदेखि गोठमा बस्न बाध्य लामाको तस्बीरसहित समाचार आउ“दा आफू भावुक भएकाले उपचारका लागि आफूले उपचारमा पहल गरेको सांसद् थापाले बताए ।
न्यून आर्थिक अवस्थाकी उनको उपचार गर्न नसक्दा उनलाई परिवारले गोठमा राखेर पाल्न वाध्य बनेको समाचार पढ्दा आफूलाई निकै दुःख लागेको र तत्काल उपचार थालेको सांसद् थापाले बताए ।
अनुहारको ट्युमर बढेर सम्पूर्ण अनुहार ढाकेको, टाउको तथा सम्पूर्ण अनुहारभर खटिरा आएर पाकेको र दुर्गन्धका कारण घरमा राख्न असहज भएपछि उनलाई गोठमा राख्नु परेको लामाका पति गोमानसिंहले बताए ।
२०६० सालमा लामालाई पिनास भएको थियो । २०६१ सालमा नाकमा मासु पलाएपछि वीर अस्पतालमा उपचार गरेको तर त्यसको एक वर्षपछि पुनः नाकमा मासु पलाउन थालेको बताउ“दै गोमानसिंहले आर्थिक अभावका कारण उपचार गर्न नसक्दा आफूहरु निकै पीडामा परेको बताए ।
६ छोरी र १ छोरासहित ९ जनाको परिवार पाल्न ४ कठ्ठा पाखो बारि रहेको बताउ“दै गोमानसिंहले आफू पत्नीको उपचार गर्न भन्दा छाक टार्न मजदुरी गर्नुपरेको कारण उपचार गर्न नसकेको बताए । पहिलोपटक उपचार गर्दा १ लाख ५० हजार खर्च भएको र उक्त ऋण तिर्न अंशमा आएको आधा भन्दा धेरै जग्गा बेच्नुपरेको बताउ“दै गोमानसिंहले पत्नीको उपचारमा सघाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्