सकृयता बढाउँदै पूर्व राजा



ईश्वरराज ढकाल,काठमाडौं ।
पूर्व राजा ज्ञानेन्द्र विक्रम शाह महाशिवरात्रीको विशेष पूजाको लागि वीरगंजस्थित अलखिया मठ शिवालयमा शुक्रबार आउनुहुने कार्यक्रम तय भएको छ ।

पूर्वरानी कोमल राज्य लक्ष्मी देवी शाहका साथमा सिमरा बस्दै आउनुभएका उहाँ आज दिउ“सो चार बजे अलखिया मठमा पूजा आजा र दर्शन गरेपछि त्यहा“बाट वीरगंजको मुख्य सडकबाट पैदल यात्रा गरी माइस्थान स्थित गहवामाई मन्दिरमा पूजाआजा एवं दर्शन गर्ने कार्यक्रम रहेको छ ।

धर्मपत्नी पूर्वबडामहारानी कोमल राज्य लक्ष्मी देवी शाहको शुभजन्मोत्सव मनाउन गत हप्ता सिमरा आइपुग्नु भएका पूर्वराजा शाहले दुई हप्ते भ्रमणको क्रममा चितवन, मकवानपुर भ्रमण पश्चात महाशिवरात्रीको अवसर पारेर शुक्रवार वीरगंज आउन लाग्नु भएको हो । उहाँ फागुन ७ गते चितवन पुग्नुभई पुर्वरानीको जन्मोत्सव मनाउनुभएको थियो। त्यसलगत्तै फागुन ८ गते सिमरा पुग्नुभएका उहाँ आज वीरजंग जान लाग्नुभएको हो ।

स्रोतका अनुसार पुर्व राजाले विहीबार विहान सिमरास्थित प्रभु निवासमा तराईका विभिन्न जिल्लाका राजावादीसंग भेट गरी देशको राजनितिको बारेमा परामर्श गर्नुभएको थियो । पुर्व राजाका साथमा उहाका वालसखा प्रभुशम्सेर, निजी सचिव सागर तिमल्सिना, सम्वाद सचिव डा फणिराज पाठक संगै जाने कार्यक्रम रहेको छ । पुर्व राजा वीरगंज आउने भएपछि राजावादीहरु सक्रिय भएका छन् ।

प्रतिक्रिया दिनुहोस्