लुटपाट गर्ने पक्राउ



काठमाडौं, (नेस)
न्युरोडस्थित ग्लोबल आईएमई बैंकबाट पैसा निकालेर हिँडेका एक व्यक्तिको ४ लाख २७ हजार लुटेर फरार भएको एक समूहलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ।

सो बैंकबाट रकम निकालेर बाहिर निस्केका प्रेमनाराण खराल र विधान खरालले चेक साटेर बाहिर निस्केका उनीहरूमाथि लुटेराको समूहले हामी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट आएको कर्मचारी भन्दै अनुसन्धानका लागि हिँड भन्दै डल्लु पुर्याई त्यहाँबाट फेरि ट्याक्सी चढाएर खुकुरी देखाई वसुन्धरा पुर्याएर उक्त नगद ५ थान आइफोन १ थान सामसुङ मोबाइल, नोकिया मोबाइल २ थान र पर्स लुटपाट गरेको प्रहरीले जानकारी दिएको छ। प्रहरीले उनीहरूको साथबाट उक्त सामान बरामद गरी कारबाहीका लागि महानगरीय अपराध महाशाखा पठाएको छ। पक्राउ पर्नेमा रुकुमका विश्वास घर्तीमगर, गोरखाका नारायण बानिया, सुदीप थापामगर, अशोक बानिया, रुकुमका धनकुमार परियार र गोरखाका शिवकुमार परियार रहेका छन्।

प्रतिक्रिया दिनुहोस्