लागूऔषध दुव्र्यसनीविरुद्ध साइकल र्याली



ललितपुर, (नेस)
‘प्रहरी मेरो साथी’ अभियानको मर्म प्रत्येक नागरिकलाई बोध गराउन महानगरीय प्रहरी प्रभाग मंगलबजारले बिहीबार लागूऔषध दुव्र्यसनीविरुद्ध बृहत् साइकल र्याली आयोजना गरेको छ।

प्रहरी र समुदायको समन्वय, अपराधमुक्त समाजको उदय भन्ने मूल नाराका साथ राष्ट्रिय युवा महासंघ नेपाल ललितपुर शाखाको संयोजनमा प्रभागले सो र्याली आयोजना गरेको हो। र्यालीको महानगरीय प्रहरी परिसर ललितपुरका निमित्त प्रमुख एवं प्रहरी उपरीक्षक अशोक सिंहले उद्घाटन गर्नुभयो।

सयौंको सहभागिता रहेको सो र्याली मंगलबजारमा हःखा, सुन्धारा, धालाछें, हकटोल, लुँखुसी, ओकुबहाल, इखालखु,, अग्निशाला, पूर्णचण्डी, मानभवन, जावलाखेल पुल्चोक, नटोल, छाय्बहाल, पाटनढोका, झाटापोल बंगलामुखी, गाहिटी, हुँदै च्यासलमा समापन भएको थियो। समापन समारोहमा परिसरका निमित्त प्रमुख सिंहले लागूऔषध दुव्यर्सन अपराधको एक महत्त्वपूर्ण स्रोत रहेको उल्लेख गर्दै यसलाई जडैदेखि निर्मूल गर्न प्रहरीको अभियानमा जनताको साथ र सहयोगको भूमिका महत्त्वपूर्ण रहेका बताउनुभयो।

समापनपछि च्यासलस्थित श्रमिक शान्ति उच्च माविमा लागूऔषध दुव्र्यसनी विषयमा अभिमुखीकरण कार्यक्रम भएको थियो। सो अवसरमा महानगरीय प्रहरी प्रभाग मंगलबजारका प्रमुख एवं प्रहरी निरीक्षक प्रकाश थापाले लागूऔषध दुव्र्यसनी फसेकालाई उचित उपचार गर्ने, दुव्र्यसनमा फस्नबाट बचाउनुपर्ने, लागूऔषध बिक्री वितरण गर्नेलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने कार्यहरूको लागि प्रहरी सँगसँगै समुदायको पनि जिम्मेवारी हो बुझ्न खाँचो रहेको बताउनुभयो।

केही समययता प्रभागले लागूऔषध सेवनसँगै कारोबारमा संलग्न र कारोबारमा संलग्न युवाहरूलाई पक्राउ गरेपछि यस समस्याको गम्भीरता स्थानीय बासिन्दा थप महसुस गरेको पनि प्रहरी निरीक्षक थापाको भनाइ रहेको छ। दुई साताअघि प्रभागको सक्रियतामा लागूऔषधको कारोबार गर्ने १२ जनालाई पक्राउ गरेको थियो।

उनीहरूबाट प्रहरीले फेनारागन एम्पुल २ सय ९, नुर्फिन एम्पल १ सय ७८, इाइजाल्याप एम्पुल २ सय १५ समेत गरी एम्पुल ६ सय २ र अवैध लागूऔषध क्लोजेप ट्याब्लेट्स २ सय २० थान बरामद गरेको थियो। यस घटनाले लागूऔषधको दुव्र्यसनी र कारोबारको समस्याको विकराल अवस्थालाई बुझ्न, महसुस गर्न सहयोग पुर्याएको सन्र्दभमा लागूऔषध दुव्र्यसनीविरुद्धको अभियानको खाँचो सबैले महसुस गरेको पनि प्रहरी निरीक्षक थापाको भनाइ रहेको छ।

प्रतिक्रिया दिनुहोस्