आईजीपी मुद्दाको बहस अझै जारी



काठमाडौं, (नेस)
प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई नियुक्त गर्ने सरकारे निर्णयविरुद्ध दायर भएको रिट निवेदनमाथि बिहीबार पनि सर्वोच्च अदालतमा बहस जारी रह्यो।

न्यायाधीशहरू हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलासमा बहस जारी रहेको छ। रिट निवेदक कपिल ढकाल र डीआईजी नवराज ढकालको तर्फबाट बहस गर्ने कानुन व्यवसायीहरूले आफ्नो भनाइ राख्ने क्रम सकिएकाले बिहीबार सरकारी वकिलले बहस शुरू गरेका हुन्। बहसमा महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले आफ्नो भनाइ राख्नुभएको थियो।

इजलासबाट प्रहरी नियमावलीको नियम ४१ को स्पष्ट व्याख्या हुने गरी बहस गर्न कानुन व्यवसायीहरूलाई यसअघि नै अनुरोध गरिएको थियो। चन्दलाई आईजीपी बनाउने निर्णयविरुद्ध डीआईजी सिलवाल र कानुन व्यवसायीबाट छुट्टाछुट्टैरूपमा रिट निवेदन दायर गरिएको थियो। बहस अब आउँदो मंगलबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्