कक्षा ११ को परीक्षा सर्ने



सरकारले स्थानीय निकायको निर्वाचन घोषणा गरेपछि कक्षा ११ को परीक्षा सर्ने निश्चित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले वैशाख १० देखि २२ सम्म कक्षा १२ र वैशाख १४ देखि जेठ ३ गतेसम्म कक्षा ११ को परीक्षा गर्ने गरी तालिका सार्वजनिक गरिसकेको छ।

कक्षा १२ को परीक्षा स्थगित नभएपछि कक्षा ११ परीक्षा पछि सर्ने वा स्थगित हुने विषयमा निर्णय हुन सकेको छैन। बोर्डका सदस्य सचिव डा. दिल्ली रिमालले परीक्षा स्थगित गर्ने वा नगर्ने विषयमा छलफल भइरहेको बताउनुभयो।

उहाँले भन्नुभयो– ‘हामीले तालिका सार्वजनिक गरेपछि निर्वाचन तालिका आएकाले समस्या परेको बताउँदै केही दिनभित्र निर्णय गरिने बताउनुभयो। बोर्डले बुधबार आयोगका पादाधिकारीलाई भेटेर परीक्षा के गर्ने भन्ने विषयमा छलफल गरेको थियो। आयोगले कहिलेदेखि विद्यालय प्रयोग गर्ने हो भन्ने विषयमा निक्र्योल नगरेसम्म अहिले नै कतिदिन परीक्षा स्थगित गर्ने भन्ने विषयामा निर्णय गर्न नहुने परीक्षा नियन्त्रक सन्तोष अर्यालले बताउनुभयो। कक्षा ११ को गणित विषयको परीक्षा परेको दिन स्थानीय निर्वाचनको मतदान गर्ने दिन परेको छ ।

उक्त दिन त स्थगित होला अन्य दिनको के गर्ने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको नियन्त्रक अर्यालले जानकारी दिनुभयो। हाम्रो परीक्षा केन्द्र सरकारी र निजी दुवै विद्यालयमा पर्ने भएकाले आयोग गर्ने गर्ने निर्णय बोर्डलाई स्वीकार्य हुने उहाँको भनाइ थियो। एक दिन त अवश्य रोकिन्छ अन्य दिनका लागि के गर्ने र नयाँ तालिका कहिले सार्वजनिक गर्ने भन्ने विषयमा केही दिनमै निर्णय हुने उहाँको भनाइ थियो। आयोगले वैशाख २५ देखि ३१ गतेसम्म सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्