शिक्षालाई रोजगारीसंग जोडेर मुलुकको आवश्यकता अनुसारको जनशक्ति उत्पादन गर्नुपर्छ , शिक्षामन्त्री पौडेल



सिटिइभिटीको वार्षिकोत्सव शिक्षा मन्त्री धनीराम पौडेल बिहीबार भक्तपुरमा आयोजित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको (सिटिइभिटी) २९औं वार्षिकोत्सवमा बोल्दै । तस्बिर, रमेश गिरी, भक्तपुर, रासस

पुष्कर बुढाथाकी,भक्तपुर,(नेस) ।
प्राबिधिक शिक्षा तथा ब्यासायीक तालिम परिषद् (सीटीईभीटी)ले २९ औं बार्षिकोत्सव बिशेष कार्यक्रम गरी मनाएको छ । बार्षिकोत्सव समारोहलाई बिहीबार सानोठिमीमा सम्बोधन गर्दै मन्त्री पौडेलले शिक्षालाई उत्पादन र रोजगारीसंग जोडेर मुलुकको आवश्यकता अनुसारको जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभयो । मन्त्री पौडेलले संबिधानले पनि ब्यबसायिक शिक्षालाई समृद्घ राष्ट्र निर्माणको आधारको रुपमा उल्लेख गरेको बताउनुभयो ।

उहाँले प्राबिधिक शिक्षा गुणस्तरीय र उत्पादनमुखी हुनुपर्नेमा जोड दिंदै सीटीईभीटीले देशका कुनाकाप्चासम्म आफ्ना शाखा बिस्तार गर्दै लैजानुपर्ने बताउनुभयो ।पुरानो शिक्षा नीतिले गुणस्तरीय शिक्षा र दक्ष जनशक्ति उत्पादन संभव नरहेकाले सरकारले शिक्षा नीतिमा परिवर्तन गर्नुपरेको उहाँले बताउनुभयो । मन्त्री पौडेलले अबको शिक्षा प्रणालीको प्रमुख प्राथमिकता शिक्षाको गुणस्तर बृद्घि गर्नु रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा सीटीईभीटीका उपाध्यक्ष डा.कुल बहादुर बस्नेत, सदस्य सचिब रमेश बखती,काठमाडौं बिश्वबिद्यालयका पुर्ब उपकुलपति प्रा.डा.सुरेशराज शर्मा ,शिक्षा मन्त्रालयका सहसचिब सुर्यप्रसाद गौतम लगायतले प्राबिधिक शिक्षाको बिकासका लागि उचित भावी कार्य दिशा निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा परिषद्का प्रशासकीय अधिकृत शारदाप्रसाद कर्माचार्यलाई सर्वोत्कृष्ट र कर्णाली प्रा. शि. जुम्लाका निर्माण प्रशिक्षक कृष्णबीर नेपाली, धवलागिरी प्रा. शि. लेते मुस्ताङका कृषि सहायक प्रशिक्षक जिवनध्वज बस्नेत, लाहान प्रा.शि. सिरहाका निर्माण प्रशिक्षक सहायक रामसुन्दर यादव र जिरी प्रा. शि. जिरीका कार्यालय सहयोगी शिवबहादुर जिरेललाई उत्कृष्ट पदक र नगद सहित सम्मान गरिएको थियो ।

त्यसअवसरमा सेवा निबृत्त कर्मचारीहरु परिषद्का पूर्व सदस्य सचिव डा. रामहरि लामिछाने, पूर्व निर्देशक शिवशंकर घिमिरे, उपनिर्देशक रमा श्रेष्ठ, विनोद श्रेष्ठ, वरिष्ट स्वास्थ्य प्रशिक्षक बृहस्पति शर्मा कडँेल, प्रशासकीय अधिकृत सवला देवकोटा, प्राबिधिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षक वकिल झालाई सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

त्यसैगरि परिषद्का बिभिन्न आंगिक संस्थामा कार्यरत रहेर सेवा निबृत्त भएका प्रशिक्षक अशोककुमार मानन्धर, हरिमाया खनाल, रोमादेवी घिमिरे, कुन्छाड्ड लामा, ईन्द्रबहादुर कुम्वर, माड्डनर्वु शेर्पा, जगदीश ठाकुर, अदालत अन्सारी, ऋषिप्रसाद गौतमलाई पनि दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

त्यसैगरि विद्यार्थीहरु तर्फबाट देशभरबाट यसवर्ष उत्कृष्ट हुने विद्यार्थीहरु डिप्लोमा ईन ईन्जिनियरिड्ड संकायको छात्रा तर्फ भूसूचना प्रविधि अध्ययन प्रतिष्ठान काठमाण्डौंकी पुजा घिमिरे र छात्र तर्फ बालाजू स्कूल अफ ई. एण्ड टेक्नोलोजी, काठमाण्डौका ज्ञानमान श्रेष्ठ, स्वास्थ्य संकाय तर्फ ईवामुरा कलेज अफ हेल्थ साईन्स भक्तपुरको प्रमाणपत्र तह मेडिकल ल्याब टेक्नोलोजीकी छात्रा सृष्टि प्रजापति र छात्रतर्फ शंकरापुर एकेडेमी जोरपाटीका प्रमाणपत्र तह ल्याब टेक्निसियनका छात्र दिपेन्द्र खड्का र कृषि, वन, फुड संकाय तर्फ कलेज अफ एलाइड फूड एण्ड डेरी टेक्नोलोजी काठमाण्डौका छात्रा रजनी सापकोटा र काठमाण्डौ फरेष्टी कलेजका छात्र महेन्द्र बुढाथोकीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्