बन्दका कारण सप्तरीको जनजिवन प्रभावित



फाइल तस्बीर

शिवहरीप्रसाद भट्टराई

राजविराज, ११ फागुन । मधेशी मोर्चाको वन्दका कारण वुधवार सप्तरीको जनजिवन प्रभावित भएको छ । यातायात, विद्यालयदेखि सरकारी कार्यालय समेत पुर्ण रुपमा वन्द भएका छन् ।

विहान १० वजेदेखिनै मोर्चाका कार्यकर्ताहरुले कार्यालय वन्द गराउँदै हिडेका थिए । वन्द गराउनका लागि हिडेका मोर्चाका कार्यकर्ताहरुले मधेशको माग पुरा नगरी हुने स्थानीय निकायको निर्वाचन आफुहरुका लागि मान्य नहुने भन्दै नारावाजी पनि गरेका छन् ।

वन्द गराउन नगरका चौक चौकमा मोर्चाका कार्यकर्ताहरु तैनाथ रहेका छन् । वुधवारको वन्दमा सदभावना पार्टी, तराई मधेश लोकतान्त्रीक पार्टी, संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य सैलेन्द्र प्रसाद साह, सुर्यनाथ यादवलगायतका केन्द्रिय नेता समेत सहभागि छन् ।

वन्दले सदरमुकाम लगायत भारदह, कन्चनपुर, वरसाईन, कल्याणपुर, कदमाहा, हनुमाननगर, कुशाहा, रुपनी, कडोरवोना, विरेन्द्र वजार, झौराहा चौक, सितापुर, तोपा, वभनगामा कट्टि, महुली समेत प्रभावित भएको स्थानीयवासीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्