राजधानीमा निर्माण चाँडो सकाऊः अख्तियार



काठमाडौं, (नेस)
अख्तियार दूरुपयोग अनुसन्धान आयोगले काठमाडौं उपत्यकामा भइरहेको विकास निर्माणको कार्यलाई चाँडो सकाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

अख्तियारका प्रवक्ता जीवराज कोइरालाले काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका प्राधिकरणको पदाधिकारीहरूलाई बोलाइ काठमाडौंमा भइरहेको विकास निर्माणको कार्यलाई चाँडो सकाउन ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो।

काठमाडौं उपत्यकामा विकास निर्माणका कार्यहरू थालनी गर्ने तर नसक्ने गर्दा धुलो धुँवाले यहाँका वासिन्दालाई सताएको उल्लेख गर्दै उल्लेख्य संख्यामा अख्तियारमा उजुरी परेको बताइएको छ। ढिलो कार्य गर्नु पनि भ्रष्टाचार हुन सक्ने आंशका गरी सम्बन्धित पक्षलाई बोलाई अख्तियारले विकास निर्माणको कार्य सक्न ढिलाइ गर्न नहुने उल्लेख गरेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्