समय मागिएकाले संसद् स्थगित



काठमाडौं, (नेस)
मंगलबारको व्यवस्थापिका संसद् बैठक सूचना टाँस गरी स्थगित भएको छ। मंगलबार संसद बैठक अघि कार्य परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतकले सहमतिका लागि केही समयको माग गरेपछि संसद् बैठक स्थगित गर्नुपरेको सभामुख ओनसरी घर्तीले बताउनुभयो। उहाँले भन्नुभयो– ‘प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक तथा सत्ता पक्षका सचेतकहरूले पनि सहमतिका लागि थप समयको माग गर्नुभयो। त्यसैले बैठक अन्तिम समयमा स्थगित गर्नुपर्यो। प्रतिपक्षीले संशोधनलाई हटाएर संसद् बैठक बस्न आग्रह गर्दै थिए भने मोर्चाले संशोधन बिनाबैठक बसे बहिष्कार गर्ने बताएको थियो। त्यसकारण स्थगित भयो।

मंगलबारको बैठकका लागि राष्ट्रिपति कार्यालयबाट आएको दुईवटा प्रमाणिक विधेयकलाई सुनाउने कार्यसूची थियो भने संविधान संशोधन र महाअभियोग पनि कार्यसूचीमा राखिएका थिए।

प्रतिक्रिया दिनुहोस्